पोखरा विश्वविद्यालयः नेविसंघका तीन नेताले स्ववियुको समानुपातिकमा बस्न अस्विकार
प्रकाशित २०७४ चैत २९ बिहिबार
154
Shares
काठमाडौं। नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले पोखरा विश्वविद्यालयको स्ववियुमा तीन जना समानुपातिक सदस्य मनोनित गरेकोमा तीनै जनाले सो पदमा बस्न अस्वीकार गरेका छन् ।
नेविसंघ केन्द्रीय समितिले पोखरा विश्वविद्यालयको स्ववियुमा संगठनको भागमा परेको तीन समानुपातिक सदस्यमा विष्णु सुवेदी, उज्वल चौलागाईँ र सुवास खड्कालाई मनोनयन थियो ।
तर, उनीहरुले तीनै जनाले विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अधिकृतलाई सम्बोधन गरेर समानुपातिक सदस्यबाट नाम फिर्ता लिएको बताएका छन् ।
उनीहरुले संगठनमा छुटाउनै नहुने नाम सिफारिश गरिएको भएपनि उक्त नाम छुटाएको भन्दै असन्तुष्टि जनाएका छन्। केन्द्रले उनीहरुसहित ८ जनाको नाम सिफरिश गरेकोमा दीपेन भट्टराईलाई नसमेटिएकोमा असन्तुष्टि जनाएको बताइएको छ ।
‘हामी नभएपनि केहि हुन्नथ्यो । तर, संगठनमा ठूलो योगदान दिने दीपेन भट्टराईलाई नसमेटिँदा हामीलाई पनि बस्न उचित लागेन ’, संगठनमा बस्न अस्वीकार गर्नेमध्येका एक कार्यकर्ताले बताए । उनीहरुले कुनैपनि हालतमा समानुपातिक सदस्यमा दीपेनको नाम हुनुपर्ने बताएका छन्।
नेविसंघ केन्द्रले सुवेदी, चौलागाईँ र खड्कासहित दीपेन भट्टराई, निरज भट्टराई, कृष्ण बस्नेत, सुशान्त त्रिपाठी र सगुन भण्डारीको नाम सिफारिश गरेको थियो । तर, पर्याप्त छलफल बिनै सुवेदी, चौलागाईँ र खड्का मनोनय गर्दा समस्या उत्पन्न भएको बताइएको छ ।