arrow

सुरक्षा निकायलाई ओलीको निर्देशन : सुरक्षा चुनौती सामना गर्न तयार रहनु

logo
प्रकाशित २०७४ चैत २९ बिहिबार
KP-oli-naya-news.jpeg

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सुरक्षा चुनौतीको सामना गर्नका लागि सुरक्षा निकायलाई सधैँ तयार रहन निर्देशन दिएका छन् ।

नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक हुद्दा क्याडेट तालीमको आयुक्त पद प्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले मुलुक अहिले शान्तिपूर्ण अवस्थामा रहे पनि भविष्यमा आउन सक्ने खतरातर्फ सजग हुनुपर्ने औँल्याए ।

प्रधानमन्त्री ओलीले भने, “हाम्रो देशभित्र केही अतिवादी तत्वहरू हिंसात्मक गतिविधिमा सक्रिय हुन थालेका छन्, देशमा जातीय र क्षेत्रीय नाममा द्वन्द्व फैलाउने सक्ने खतरा देखिएको छ, यी विषयहरू सुरक्षा चुनौतीको रुपमा आउन सक्छ, यसतर्फ सचेत हुन आग्रह गर्दछु ।”

प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाका विभिन्न आयामको जानकारी लिई एक्काइसौँ शताब्दीको मुख्य चुनौती र खतरा साइबर सुरक्षाका लागि भरपर्दो योजना बनाएर सुरक्षा निकायबीच समन्वय गर्न आग्रह गरे । नेपाली सेनाले देश निर्माण र शान्ति सैनिकका रुपमा विश्वमा चिनाएको छ भन्दै उनले प्रशंसा गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ