arrow

जिब्रो छेडेर टोल-टोलमा बुद्धकृष्ण

logo
प्रकाशित २०७५ वैशाख २ आइतबार
budhakrishna.JPG

भक्तपुर  । बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा अाईतबार दिउँसो थिमी बोडे ८ का ४६ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेडेका छन् । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर जिब्रो छेडी महादीप बोकी टोल टोल घुम्ने चलन छ ।

कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि जिब्रो छेड्ने जात्रा गर्न दिउँसो २ बजे बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले हजारौं मानिसका अगाडि वागश्रेष्ठको जिब्रो छेडेका थिए ।

जिब्रो छेडेपछि चन्द्राकारकोे भ्वाय् अर्थात महादीप बोकेर टोलटोल घुमेका वागश्रेष्ठले पुनः भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोके ।

जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर पोतेपछि जिब्रो छेड्ने व्यक्तिले नाट्येश्वरको पूजा गर्ने चलन छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुनपर्ने वागश्रेष्ठले बताए ।

परम्परादेखि चल्दैआएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष आफूले जिब्रो छेडेको उनले बताए । यसअघि उनले २०६२ देखि २०६५ सालसम्म चारवर्ष निरन्तर जिब्रो छेडेका थिए ।

उनले भने– ‘विभिन्न रोगका कारण डाक्टरले बाँच्दैन भनेका थिए । त्यही वर्ष मैले जिब्रो छेडें । मेरो रोग निको भयो । त्यसपछि रोजगारीका लागि दक्षिण कोरिया गएँ । उताबाट फर्किएपछि थिमिको कोरिया–नेपाल मैत्री अस्पतालमा निरन्तर एम्बुलेन्स चलाइरहेको छु ।’

अहिले भगवान्प्रतिको त्यही विश्वास र आस्थाले परम्परा जोगाउन फेरि जिब्रो छेडेको उहाँको भनाइ थियो । २०६० सालसम्म उनकै दाजु कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेका थिए । उनले २०६१ देखि २०६४ सालसम्म जिब्रो छेडेका हुन् । पाेहाेर साल फेरि  जिब्रो छेडेका बुद्धकृष्णले याे वर्षगरी छ पटक जिब्रो छेडेका छन् । जात्रा सञ्चालन गर्न मध्यपुरथिमि नगरपालिकाले १ लाख आर्थिक सहयोग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ