तनावले गर्दा ब्यवहारमा परिवर्तनका साथै समाजको बिकास कार्यमा अवरोध
प्रकाशित २०७५ वैशाख ३ सोमबार
672
Shares
बीरगंज । ओशो जागरण राष्ट्रिय अभियान मेची – महाकाली अध्यात्मिक यात्रा टोलीले सोमवार होटल भिस्वाको सभाहलमा स्थानिय बुद्धिजिवी, समाजसेवी, भद्रभलादमी तथा सन्यासीहरुबिच ओशोको मार्गदर्शन र समाजको आवश्यकता बारे बिशेष साक्षात्कार कार्यक्रमको आयोजना गरयो ।
सो बिशेष साक्षात्कार कार्यक्रमको समुदघाटन कार्यक्रमका प्रमुख अतिथी प्रदेश नं.२ को प्रदेश सभासद प्रल्हाद गिरीले पानसमा दिप प्रज्जवलित गरी कार्यक्रमको समुदघाटन गरे। प्रमुख अतिथी प्रदेश सभासद गिरीले मनुष्य भित्र सम्पुर्ण ज्ञानले भरीपुर्ण रहेको र उक्त ज्ञानलाई ध्यानको बिधिबाट जगाउँन सकियो भने मानिस भगवान रुपी बन्न सक्ने उदाहरण सन्यासी ओशोले आफनो पुस्तकबाट प्रकाशमा ल्याउन खोज्नु भएको कुरा कार्यक्रममा बताए ।
मनुष्यलाई तनावले गर्दा ब्यवहारमा परिवर्तनका साथै समाजको बिकास कार्यमा अवरोध हुनुको मुख्य कारण मध्ये एक ध्यानको कमी समेत रहेको कुरा प्रमुख अतिथी प्रदेश सभासद गिरीले कार्यक्रममा भने।
उक्त मेची महाकाली अध्यात्मिक यात्रा टोलीका संयोजक तथा कार्यक्रमका बिशिष्ठ अतिथी स्वामी ध्यान गगनले मनुष्यले आफ्नो जिवनलाई ध्यानका साथ साथै अध्यात्मिक ज्ञानलाई अगाडी लिएर बढेमा मात्र समाजको बिकासका साथ साथै राष्ट्रको बिकास हुने भन्दै उनले पाँचवटा बुँदामा बढी सो कार्यक्रममा जोड दिए ।
कार्यक्रमका अतिथी प्रदेश सभासद अब्दुल रहिम अंसारी, ने.क.पा.एमालेका नेता चिरंजिबी अचार्य, रा.ज.पा.का महासचिव शिव पटेल, केन्द्रिय सदस्य निजामुदिन समानी, बारा जिल्ला रा.ज.पा.का नेता धर्मेन्द्र यादव, सशस्त्र प्रहरी सिमा सुराक्षा बल कार्यालय पर्साका सशस्त्र प्रहरी प्रमुख शान्ति कुमार कार्की, ओशो प्रेम गंगा ध्यान केन्द्र बीरगंजका अध्यक्ष स्वामी सत्य प्रेम भारती, पुर्व अध्यक्ष स्वामी शिवशंकर भारतीले ओशो जागरण राष्ट्रिय अभियान मेची – महाकाली अध्यात्मिक यात्राको सफलताका लागी सो कार्यक्रममा आ आफ्नो शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा स्वामी प्रेम किर्तन, स्वामी गिरीराज, स्वामी आनन्द राजदिप, प्रेमा माँ, निर्मला माँ लगायत स्थानिय ओशो सन्यासीहरुको उपस्थिति रहेको थियो ।