arrow

पत्रकार महासंघको प्रदेश निर्वाचनमा चौतारी, युनियन र सेन्टरले संयुक्त उम्मेदवारी दिने

चौतारी ५, सेन्टर ३, र युनियनलाई २ मा अध्यक्ष

logo
प्रकाशित २०७५ वैशाख ४ मंगलबार
mahasang.jpg

काठमाडौ । प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालले आगामी बैसाख २२ गते हुने पत्रकार महासंघको प्रदेश निर्वाचनमा सगै उम्मेदवारी दिने गरि सबै पदहरुमा भागबण्डा गरेका छन् । सहमति अनुसार पाँच ४ वटा प्रदेश र प्रतिष्ठानमा प्रेस चौतारीले अध्यक्ष पाउने छन त्यसै गरी प्रेस युनियनले १ वटा प्रदेश र एसोसिएट प्रदेशमा अध्यक्ष पाउने छ । भने प्रेस सेन्टरले २ वटा प्रदेश र उपत्यका प्रदेशमा अध्यक्ष पाउने छन् ।

मंगलबार दिउसो भएको सहमति अनुसार प्रेस चौतारीले प्रदेश नम्बर १,३, ६, ७ मा अध्यक्ष पाउने छ । त्यसैगरी  नेपाल प्रेस युनियनले प्रदेश २ र प्रेस सेन्टर नेपालले प्रदेश ४, ५ मा अध्यक्ष पाउनेछन् । आज भएको सहमतिमा प्रेस चौतारीमा अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र प्रेस सेन्टरमा अध्यक्ष महेश्वर दाहालले हस्ताक्षर गरेका छन् ।

पत्रकार महासंघको  २२ गते हुने निर्वाचनमा सबै जिल्लामा भोट हाल्न सक्ने ब्यवस्था मिलाइएको छ भने  निर्वाचन तालिका अनुसार ५ गते नामावली सार्वजनिक गरिने छ भने मनोनयन दर्ता ७ गतेलाई तोकिएको छ । प्रदेशका उम्मेदवारले प्रदेश सदरमुकाम र अन्यले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा उम्मेदारी दिन सक्ने पत्रकार महासंघका महासचिव रमेश बिष्टले जानकारी दिएका छन् । पत्रकार महासंघको सदस्यता लिएको ७ वर्ष पुगेकाहरुले अध्यक्षमा उम्मेदवारी दिन सक्नेछन भने अन्य पदहरुमा भने सदस्यता लिएको पाँच बर्ष पुगेकाहरुले उम्मेदवारी दिन सक्ने पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ