arrow

महेन्द्रकुमार गिरी बने उत्कृष्ट नागरिक

logo
गोपाल अधिकारी,
प्रकाशित २०७५ वैशाख ४ मंगलबार
mahindra-giri.jpg

झापा । सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीलाई सम्मान गरिएको छ ।  वीरता जेसीज बिर्तामोडसहित झापाका एक सय २५ वटा संस्थाले मंगलबार अभियन्ता गिरीलाई उत्कृष्ट नागरिकको सम्मान प्रदान गरेका हुन्  ।

 बिर्तामोडको  चारपाने निवासी ४८ बर्षीय गिरीलाई वीरता जेसीज पूर्वअध्यक्ष क्लबको अगुवाईमा भएको सम्मानमा स्वर्ण पदक, नगद तथा सम्मान-पत्र प्रदान गरिएको थियो । पछाडि परेको वर्गको उत्थान र सशक्तीकरणका साथै आर्थिक समृद्धिमा गिरीको अगुवाईमा निर्वाह भएको भूमिकाको मुल्याङ्कन गर्दै झापाका सामाजिक संस्थाले उनलाई सम्मान प्रदान गरेका हुन् ।

कार्यक्रमका  प्रमुख अतिथि रवीन्द्र मिश्र तथा वीरता जेसीजका संस्थापक गोपालकुमार बस्नेतले गिरीलाई सम्मान-पत्र हस्तान्तरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ