arrow

रत्नपार्कमा भाषण ठोक्ने 'मुकुन्दे' बुहारी कुटेको आरोपमा पक्राउ

logo
तेजन खड्का,
प्रकाशित २०७५ वैशाख ५ बुधबार
mukunde.jpg

बेलबारी । केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गर्ने र देशका नेताहरुलाई तथानाम गाली गर्ने मुकुन्द घिमिरे (मुकुन्दे) मोरङको बेलबारी ११ लक्ष्मीमार्गबाट बुहारी कुटेको आरोपमा पक्राउ परेका छन । शाहि सत्ताको विरुद्ध रत्नपार्कमा सर्वसाधारणलाई भेलापारी उत्तेजक भाषण गरेका कारण उनि चर्चामा आएका थिए । त्यससँगै उनि पटक पटक जेल समेत परेका थिए ।

मंगलबार बेलुका लक्ष्मीमार्ग आएका उनले अंशबण्डामा असन्तुष्टि भएको जनाउँदै भाई बुहारी यशोदा लुईँटेल (घिमिरे) लाई निर्घात कुटपिट गरेका हुन । उनको कुटाईबाट बुहारी गम्भिर घाईते भएकी छिन । भोजपुरको खार्ताम्छा घर भएका घिमिरेका भाई बुहारी लक्ष्मीमार्गमा बस्दै आएका थिए ।

लामो समयदेखि रत्नपार्क छोडेर एक कोठामा बसी ट्विटर र बिभिन्न सामाजिक सञ्चाल मार्फत देशका नेताहरुलाई खरो प्रहार गरिरहेका उनलाई प्रहरी चौकी भाउन्नेले मंगलबार नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यलय बेलबारीलाई बुझाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ