सरकारले एकतर्फी सिण्डीकेट लादन खोज्यो : अध्यक्ष श्रेष्ठ
सुनिल शिवाकोटी,
प्रकाशित २०७५ वैशाख ५ बुधबार
361
Shares
हेटौँडा । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यातायात क्षेत्रमा रहेका सबै खालका सिन्डिकेट अन्त्य गर्दै सिन्डिकेटवाला समितिहरुलाई समेत खारेज निर्णय गरेपछि यातायात व्यवसायीहरु संसकित भईरहेको अवस्थामा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले सरकारले सिन्डिकेट अन्त्य गर्ने निर्णय र एकतर्फी सिण्डीकेट बेरोजगारी निमत्याउने खेल भएको भन्दै सम्पुर्ण यातायात व्यवसायीहरुले आन्दोलन गर्ने बताएका छन्।
बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ , नेपाल ट्रक यातायात व्यवसायी महासंघ , नेपाल प्रट्रोलियम ढुवानी व्यवसायी महासंघ , ढुवानी यवसायी महासंघ र नेपाल प्रट्रोलियम डिलर राष्ट्रिय एसोसियसन सहितको यातायात व्यवसायी महासंघका संयुक्त आन्दोलन मुल समितीले संयुक्त रुपमा हेटौडामा आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै स्थानिय प्रमुख जिल्ला अधिकारीको सिफारीसमा परमिट दिने व्यवस्था खारेज गरिनु पर्ने कुरामा जोड दिए ।
अध्यक्ष श्रेष्ठले सरकारले एकतर्फी सिण्डीकेट लादन खोजे यातयात क्षेत्रमा अस्तब्यस्त हुने बताए ।
त्यस्तै पत्रकार सम्मेलन बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका क्षेत्रिय उपाध्यक्ष राम प्रसाद सुवेदीले सरकार जालो भित्र रहेकाले यातायता संबन्धी कानुन त्रुटीपुर्ण रहेकोले त्यसलाई सच्याउनुको सट्टा सरकारले यातयात ब्यबसायीलाई लादेर हिडन खोजे सडकमा गाडी आफनो खुसीले संचालन गर्ने बताए । उपाध्यक्ष सुवेदिले केन्द्रको निर्णाय अनुसार एकै चोटी ७ वटै प्रदेशमा पत्रकार सम्मेलनको आयोजना गरेको बताए ।
यातायात व्यवसायी महासंघका संयुक्त आन्दोलन मुल समितीले बैशाख ७ गते प्रधानमन्त्री, गृह मन्त्री र प्रदेशको मुख्य मन्त्रीहरुलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाउने र सरकारले यसलाई नसच्चाए २० गतेबाट यातायात अवरोध गर्ने कार्यक्रम रहेको बताएको छ ।