arrow

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

logo
प्रकाशित २०७५ वैशाख ७ शुक्रबार
congress-meeting2.jpg

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।  शुक्रबार  बिहान ११ बजेदेखि पार्टी मुख्यालय विपीनगर सानेपामा बस्ने भनिएको वैठक  विशेष कारणवस स्थगित भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

 स्थगित  बैठक ९ गते आइतवार विहान ११ बजे बस्ने जनाइएको छ । चैत १६ गतेदेखि स्थगित भएको बैठक शुक्रवार बस्न लागेको थियो ।  काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएपछि बैठक स्थगित भएको थियो ।

लामो समयको अन्तरपछि बस्न लागेको बैठक अलि फरक धारबाट चल्ने बुझिएको छ । अहिलेसम्म बोल्ने ४२ केन्द्रीय सदस्यबाट बढी भन्दा बढीले नेतृत्वका कारण पार्टीले निर्वाचनमा हार बेहोर्नु परेको बताइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ