arrow

दुर्घटना पछी वृद्धको शंकास्पद मृत्यु

logo
किरण न्यौपाने,
प्रकाशित २०७५ वैशाख ८ शनिबार

रंगेली । मोटरसाईकलको ठक्कर पछी घाईते भएका एक वृद्धको शंकास्पद मृत्यु भएको छ ।मोरङ्गको रंगेली नगरपालीका वार्ड नं.२ वस्ने ५९ वर्षिय सुकरतीया सरदारको गएराती बेतौना –बवियाविर्ता ग्रामिण सडकमा मोटरसाइकलको ठक्कर पछी रड प्रहार गरेर हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक संजिबबाबु खड्काका अनुसार मृतक वृद्धको शरिरमा शंकास्पद चोट र रड प्रहार भएको हुन सक्ने डाम देखीएकाले घटना बारे थप अनुसन्धान भईरहेको बताए । प्रहरीले पोष्टमार्टमका लागी सरदारको शव जिल्ला अस्पताल रंगेलीमा राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ