काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक सुरु भएको छ । अध्यक्ष निवास खुमलटारमा बिहान ७ बजेबाट सुरु भएको बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक विषयका बारेमा छलफल भइरहेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच केही दिनदेखि जारी बैठकमा भएका प्रगतिका बारेमा अध्यक्ष प्रचण्डले बैठकमा सहभागी सदस्यहरुलाई जानकारी गराउँदै छन् ।
आइतबारै एमाले र माओवादीबीच संयुक्त सभा पनि हुँदैछ ।