निर्वाचन आयोगका पदाधिकारीको सुरक्षामा सरकार गम्भिर : गृहमन्त्री थापा
प्रकाशित २०७५ वैशाख ११ मंगलबार
523
Shares
काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्वाचन आयोगका पदाधिकारीको सुरक्षाको विषयमा सरकार गम्भीर रहेको भन्दै उहाँहरुको उपयुक्त सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरेका छन्। आज ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको निवासमा पुगी गृहमन्त्री थापाले आयोगका पदाधिकारीको सुरक्षामा कुनै कसर बाँकी नराखिने स्पष्ट पारे।
गत आइतबार साँझ प्रमुख आयुक्त डा यादवको निवासको पर्खालमा अज्ञात समूहले बम विष्फोट गराएको थियो। भेटमा गृहमन्त्री थापाले केही समूह अस्थिरता निम्त्याउन उद्दत रहेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइने बताए। उनले घटनामा संलग्नको पहिचान नजिक पुगिसकिएको भन्दै उनीहरुलाई छिट्टै पक्राउ पर्ने पनि जानकारी गराए।
गृहमन्त्री थापासहित गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि डा यादवको निवासमा गरेका थिए। रासस