arrow

कांग्रेस देशको लाइफ र लाइक दुबै हो – कृष्ण सिटौला 

शेखर भन्छन् – प्रधानमन्त्री निरंकुश भए 

logo
प्रकाशित २०७५ वैशाख ११ मंगलबार
sitaula.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस देशको लाइफ र लाइक द’बै भएको बताएका छन् । लोकतन्त्र दिवसका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृती शान्ति प्रतिष्ठानले शान्तिबाटिकामा गरेको कार्यक्रममा बोल्दै नेता सिटौलाले निर्वाचनबाट पराजय भोगे पनि कांग्रेस नै देशको लाइफ र लाइक भएको बताएका हुन् ।

‘कांग्रेसले निर्वाचन हारको हो, राजनीति हारेको छैन, देशको राजनीतिक विकास कांग्रेससँगै जोडिँदै आएको छ, यसरी नै कांग्रेसले राजनीतिक विकासमा अग्रसरता लिएर हिँड्छ’, सिटौलाले भने, ‘कांग्रेस देशको लाइफ र लाइक दुबै हो ।’

उनले लोकतान्त्रिक आन्दोलनले राजनीतिक विकास गरेको भए पनि सामन्ति संस्कारको अन्त्य भने गर्न नसकेको बताए । भूमिगत अवस्थामा रहेका शक्तिहरुलाई समेत शान्ति प्रक्रिया मार्फत संसदीय प्रक्रियामा ल्याएको भन्दै सिटौलाले सत्तामा हुनेहरु लिमिटेड घेराभित्र रहे पनि कांग्रेसको दायरा फराकिलो भएको समेत स्पष्ट पारे । 

सरकारका पछिल्ला गतिविधिहरुले सरकार अधिनायकवाद तर्फ अघि बढेको संकेत देखिएको भन्दै उनले सिंगोदेशलाई हाक्ने ताकत भएको कांग्रेससँग जिस्कनुको कुनै अर्थ नहुने बताए । उनले सत्तालाई ठिकठाउँमा राख्न कांग्रेस एक हुनै पर्नेमा भने जोड दिए । 

कार्यक्रममा अर्का नेता डा शेखर कोइरालाले कांग्रेसकै नेर्तृत्वमा संविधान जारी भएको र आजसम्मका परिवर्तनको नेतृत्व समेत कांग्रेसले नै गरेको बताए । 

कोइरालाले राजा महेन्द्र भन्दा वर्तमान सरकारका प्रधानमन्त्री निरंकुश र अधिनायकवादी हुन खोजेको भन्दै मुलुकलाई दुर्घटनातर्फ जानबाट रोक्न कांग्रेस पछि नपर्ने बताए । 

‘सरकार र सरकारका प्रधानमन्त्री राजा महेन्द्र भन्दा निरंकुश व्यवहार प्रदर्शन गर्दैछन्, कांग्रेस लोकतान्त्रिक संस्कारमा कामजोर पनि छैन, कांग्रेसलाई छलेर जे पनि गर्न सकिन्छ भन्ने कसैले नसोचे हुन्छ,’ नेता कोइरालाले भने । 

नेता डा प्रकाशशरण महतले विपक्षीहरु राजनीतिक संस्कारमा भन्दा प्रोपोगाण्डामा केन्द्रित हुँदा कांग्रेसले निर्वाचनमा पराजय भोगेको भए पनि राजनीतिक दृष्टिकोणबाट जितेको बताए । 

संविधान नमान्ने शक्तिहरुलाई समेत निर्वाचनमा सहभागी गराउन’ कांग्रेसको जित भएको भन्दै नेता महतले आन्तरिक कमिकमजोरीहरुको आन्तरिक रुपमा नै समिक्षा गरिनु पर्नेमा जोड दिए । 

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष समेत रहेको पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधानले लोकतान्त्रिक आन्दोलनकै जगमा संविधान जारी भएको , मुलुक गणतन्त्रमा प्रवेश गरेको, मओवादी बिद्रोहबाट शान्ति प्रक्रियामा आएको र संसदीय अभ्यासमा समेत सहभागी भएको भन्दै लोकतन्त्र र शहिदहरु प्रति सबैले सम्मान गर्नु पर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा कांग्रेस नेताहरु चीनकाजी श्रेष्ठ, रामहरी खतिवडा, तिर्थमान डंगोल, मदन अमात्य सहितका नेता सहित शिक्षक, प्राध्यापक र विद्यार्थीहरुको सहभागीता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ