arrow

यार्सागुम्बाको अवैध संकलन गर्न गएका सातजना पक्राउ

logo
प्रकाशित २०७५ वैशाख १२ बुधबार
handcuffs-1.jpeg

दुनै । हिमाली जिल्ला डोल्पामा बहुमूल्य जडिबुटी यार्सागुम्बाको अवैधरुपमा संकलन गर्न पाटन पुगेका सातजना पक्राउ परेका छन् । 

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट तोइजुम र निकुञ्जका कर्मचारीसहितको संयुक्त टोलीले निकुञ्जको मुख्य क्षेत्र कागमारा हिमालबाट मंगलबार राति उनीहरूलाई पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा पाँच महिला र दुईजना पुरुष रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाले जनाएको छ । 

उनीहरू अवैधरुपमा बहुमूल्य जडिबुटी यार्सागुम्बाको अवैध संकलन गर्न गए पनि उनीहरूले यार्सागुम्बा टिप्न नपाएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुईजना महिलाको स्वास्थ्य अवस्था कमजोर भएकाले निकुञ्जले दोषी ठहर गरेर बोलाएको खण्डमा उपस्थित हुने गरी प्रतिव्यक्ति रु १० हजार धरौटीमा छोडिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ