arrow

रेडियन्ट ग्याँसको त्रास सुल्झाउन संघर्ष समितिको माग 

प्रशासनको बेवास्ता

logo
प्रकाशित २०७५ वैशाख १२ बुधबार
radiant-gas-sangharsha.jpg

कैलाली। कैलालीको गोदावरीमा वस्तीसंगै जोडिएको रेडियन्ट ग्याँस स्थानान्तरणका लागि स्थानीयले माग गरेका छन् । उनीहरुले लामो समयदेखि रेडियन्ट ग्याँस स्थानान्तरण संघर्ष समिति नै गठन गरी संघर्ष गरिरहे पनि सम्बन्धित निकाय एवं प्रशासनले समेत वास्ता नगरेको भन्दै पत्रकार सम्मेलन गरी दुःख व्यक्त गरेका छन्। 

प्रतिकुल असर पर्ने गरी २०६५ साल रोयल मल्टीलुक कन्सर्न प्रालिले स्थापना गरेको रेडियन्ट ग्याँस उद्योग स्थापना गर्दा मालाखेती ३, चौकीडाँडाका बासिन्दाको सामाजिक, आर्थिक तथा स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको  र थप ज्वलनशील पदार्थले कुनै बेला पनि निम्त्याउन सक्ने मानवीय क्षतिको जोखिम तथा डरत्रासले आक्रान्त भएको उल्लेख गरिएको छ। 


रेडीयन्ट ग्याँस उद्योग स्थापना गर्दा उद्यमीले स्थानीय बासिन्दाका जग्गा मेडीकल कलेज संचालन गर्ने भनी सस्तो दरमा खरिद गरी विस्थापित गर्नुका साथै सरकारी निकायका कर्मचारीहरुसँगको मिलेमतोमा अबैध तरीकाले उद्योग स्थापना गरेको पाइएको आरोप समेत लगाइएको छ। उद्योग संचालन गर्नुपूर्ब संधियारहरुसँग पनि कुनै पनि किसिमको सम्झौता वा सहमति नगरेको पाइएको संघर्ष समितिले जनाएको छ। 

स्थानीय वासिन्दाहरुले उद्योग संचालन हुने बेलादेखि नै उद्योग स्थानान्तरणको अनुरोध गर्दै आए पनि कुनै सुनुवाइ नभएकाले वाध्य भएर संघर्ष समिति नै गठन गर्नुपरेको उल्लेख गरिएको छ। संघर्ष समितिले सम्वन्धित सरोकारवाला निकायहरु– गोदावरी नगरपालिका, जिल्ला प्रशासन कैलाली, कम्पनी रजिष्ट्रार कार्यालय काठमाडौं, रेडियन्ट ग्याँस उद्योग चौकीडाँडा लगायत अन्यलाई पनि लिखित रुपमा जानकारी गराइसकेको जनाएको छ । तर सुनुवाई भने कतैबाट नभएको उल्लेख छ। 

ग्याँस उद्योग स्थापना भए देखि एल पी जी (प्रोपेन) को तीक्ष्ण गन्घका कारण वरिपरिका समुदायले पीडा भोग्दै आइरहेको भन्दै त्यसले श्वासप्रश्वास समस्या, मुर्छा पर्ने, छालाका समस्याहरुबाट ग्रस्त हुँदै आएको उल्लेख गरिएको छ। 

डाक्टरहरुले यी सबै समस्या स्थानीय स्तरमा भएको वातावरणमा भएको प्रदुषणका कारण भएको बताउँदै आएका छन् । प्रोपेन ग्याँस अधिक भएमा स्नायु प्रणाली, आँखा तथा फोक्सोमा समस्या आई ज्यान पनि जानसक्ने अवस्था हुन्छ । यसले गर्दा वरिपरिका मानव लगायत अन्य जीवजन्तु लगायत भविष्यका सन्तानहरु पनि यो ग्याँस उद्योगले प्रतिकुल असर पार्ने देखिन्छ ।

महाकाली इन्डष्ट्रियल कन्सल्टेन्सी सेन्टर, महेन्द्रनगरले तयार पारी यस ग्याँस उद्योगले पेश गरेको प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन (आइईई) पनि अवैज्ञानिक र झुटो विवरण लेखिएको जनाइएको छ । 

वातावरणीय प्रभाव कम पार्न गरिने उपायहरु समेत अवलम्वन गरेको पाइएको छैन । यस प्रतिवेदनले बर्षैभरी खेती हुने उब्जाऊ खेतीयोग्य जमीनलाई कम उब्जाउ हुने र सिंचाइ सुविधा नभएकोले ग्याँस उद्योग खोल्न उचित रहेको विवरण आइईई प्रतिवेदनको २.२ र ४.१ भागमा उल्लेख गरेको छ । जबकी उक्त जग्गाको वरिपरि सिंचाइको सुविधा पहिलेदेखिनै रहि आएको छ, खेती हुँदै आएको छ र मनग्य उत्पादन हुँदै आएको छ ।

त्यसैगरि प्रतिवेदनको बुँदा २.३ र ४.१ मा स्थानीय वासिन्दाको सामाजिक आर्थिक हैसियत सुधार गर्न पहल गर्ने भने पनि त्यस्तो कुनै किसिमको पहल नभएको संघर्ष समितिले जनाएको छ । 

उद्योगका लागि प्रस्तावित १५ कर्मचारीहरु मध्ये निम्नस्तरका जम्मा २ जनालाई मात्र रोजगारी दिएको भन्दै उद्योगले गर्नु पर्ने सामाजिक उत्तरदायित्व सम्वन्धि कुनै पनि किसिमको योजना तथा कार्यान्वयन पनि स्थानीय स्तरमा नभएको समितिले जनाएको छ । 

यसैगरी ग्याँस रिफिलींग गर्दा लिकेज हुने ग्याँसबाट कर्मचारीहरुको स्वास्थ्यमा केही प्रतिकुल असर पर्ने र स्थानीय समुदायमा कुनै असर पर्नेछैन भने भनि उल्लेख गरे पनि त्यस्तो हुन नसकेको समितिले जनाएको छ । 

साथै प्रतिवेदनको भाग ३ को ३.५ ले रिफिलिंग प्रोसेसमा केही ग्याँस लिकेज हुने कुरा स्वीकारेको छ जसले ग्याँसका नजिक रहेका समुदायमा प्रतिकुल असर परिरहेको छ । त्यसै गरि ४.२ मा उद्योग क्षेत्रको वरिपरि निकै कम जनघनत्व रहेको उल्लेख गरेको छ जुन गलत छ । उद्योगको ५०० मीटरको रेडीयसमा करीब ५०० भन्दा बढी घर धुरी रहेको छ । 

मालाखेती गाविसका सचिव चेतराज भट्टले २०६५–०७–०७ च न १९८ पत्रले उद्योग क्षेत्रको १।५ की मीको रेडीयसमा कुनै पनि मानव वस्ती नरहेको कुरा सिफासिमा उल्लेख गरेको छ । तर एल पी ग्याँस ऐन २०६५ ले ग्याँस प्लान्ट मानव वस्ती भन्दा कम्तीमा ५ किलोमीटर वा त्यो भन्दा टाढा स्थापना गर्ने भनी उल्लेख गरेको छ । 

यस उद्योगको सबभन्दा संवेदनशील पक्ष चाहि वरिपरि करिव ५० मीटर देखि ७०० मीटरको दुरीमा रहेका करीब चार वटा विद्यालयका २२०० भन्दा बढी बालबालिकाहरुको ज्यान जोखिम हुनु र स्वास्थ्यमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रतिकुल असर परेको छ । ती विद्यालयहरु सरस्वती प्रावि, खप्तड विद्या निकेतन, माउण्ट ओलिभ, र हिम कर्नाली हुन् । 

वरिपरिका संधियारहरुका अनुसार उद्योग स्थापना भए पछि करीब ४० प्रतिशतका दरले उत्पादन घटेको बताएका छन् । साथै जोखिमले गर्दा वरिपरिका वासिन्दाहरुको बसाइसराइ अन्तैतिर सर्न थालेको छ । 

उद्योगको गेटसँगै जोडीएको एक परिवार आफ्नो पतिको मृत्यु पश्चात उद्योगलाई घरबार वेच्न बाद्य भएका छन् ।  साथै घरपालुवा लगायत जंगली जनावहरहरुमा गर्भपतन भइरहेको अवस्था छ । 

भारत तथा पूर्वी एशियाका विकासशील देशहरुमा बर्षमा कम्तिमा एक वटा ग्याँस उद्योगहरुमा आगलागी भइ मानवीय तथा आर्थिक क्षति हुन्छ । केही महिना अघि मात्र पनि विरगञ्जमा एल पी जी पडकिएर ठुलो हानि नोक्सानी भएको छ । घानावेब डट कमले जनाए अनुसार गत तीन बर्षको अवधिमा ८ वटा एल पी जी फिलींग स्टेशन व्लाष्ट हुँदा घानाको नेशनल पेट्रोलियम अथोरिटीले मापडण्ड नपुगेका ३६ वटा उद्योगहरु वन्द गराएको छ । जसमा कम्तीमा ३०० जना भन्दा वढीको ज्यान गएको थियो । 

संघर्ष समितिले भनेको छ –‘हामी कुनै पनि उद्योगको विरुद्धमा छैनौं । हामी मानव जीवनलाई जोखिममा पार्ने खालको यस ग्याँउ उद्योगको स्थानान्तरण चाहन्छौं । यसको लागि सहयोग पनि गर्नेछौं । यसैगरि प्रतिवेदनको बुँदा १० मा कुनै पनि खालको आपत्कालिन अवस्थामा तत्काल मानव बस्तीलाई अन्यत्र सुरक्षित स्थानमा सार्न सकिने कुरा उल्लेख गरेको छ जुन कुनै पनि हालतमा संभव छैन ।  जसले मालाखेती ३ का बासिन्दा सुरक्षित र स्वस्थ रहोस् । ग्याँस स्टेशन पडकिएर यस गाउँका कुनै पनि मानिस मर्न चाहेको छैन नत यसबाट हुने प्रतिकुल स्वास्थ्य समस्याको पीडा भोग्न ।’


यो लिंक पनि पढ्नुस् – वस्तीको बीचमा ग्याँस कम्पनी, गाउँले चिन्तामा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ