arrow

९० तोला चाँदीसहित एक भारतीय नागरिक पक्राउ

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
पक्राउ.jpg.jpeg
सप्तरी । शान्ति सुरक्षाको अवस्था बुझ्नका लागि सादा पोसाकमा खटिएका प्रहरीको गस्ती टोलीले गएराति राजविराजस्थित कुनोली मोडबाट चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 
 
पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लाको राजनगर–३ बस्ने १७ वर्षीया सुमितकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
प्रहरीले शङ्का लागेर मेहतालाई जाँच गर्दा पाइन्टको दाहिने र बायाँ दुवै खल्तीमा लुकाई राखेको ९० तोला चाँदीको ढिका र १० आना चाँदीको टुक्रा बरामद गरेको प्रहरी निरीक्षक सुरज खड्काले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ