प्रहरी इन्काउण्टरमा मारिएका पुनका सहयोगीलाई माओवादीबाट कारवाही
प्रकाशित २०७५ वैशाख १३ बिहिबार
222
Shares
बुटवल। माओवादी केन्द्रले प्रहरी इन्काउण्टरमा मारिएका मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका पार्टी राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य लेखनाथ न्यौपाने र जिल्ला सदस्य तुल्सी न्यौपानेलाई आज कारवाही गरेको छ।
माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज दधिराम न्यौपानेले आज विज्ञप्ति निकाली उनीहरुलाई पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी हटाइएको जनाएको छ। यसअघि पुनको मुख्य सहयोगीका रुपमा काम गरेको आरोपमा पक्राउ एमाले निकट युवा संघका केन्द्रीय सदस्य सुजु मल्ल र सदस्य उत्तम आचार्यलाई एमालेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिसकेको छ। रासस