arrow

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कडेलसहित पदाधिकारीद्वारा सपथ

logo
प्रकाशित २०७५ वैशाख १३ बिहिबार
npc-members.jpg

काठमाडौं। राष्ट्रिय योजना आयोगका नव नियुक्त उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। बिहिबार प्रधानमन्त्री कार्यालयमा आयोजित स्वागत तथा सपथ ग्रहण कार्यक्रममा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री समक्ष सपथ ग्रहण गरेलगत्तै प्रधानमन्त्रीको उपस्थितिमा आयोगका नवनियुक्त पाँच जना सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए। सदस्यहरु कृष्णप्रसाद ओली, मीनबहादुर शाही, दिलबहादुर गुरुङ, रामकुमार फुयाल र शुशिल भट्टलाई उपाध्यक्ष कडेलले सपथ ग्रहण गराएका हुन्।

मुलुक बाहिर रहेकाले सदस्य उषा झा सपथ ग्रहण समारोहमा उपस्थित हुन नसक्नु भएको आयोगका अधिकारीले जानकारी दिए। लामो समयदेखि खाली रहेको आयोगमा मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले पदाधिकारी नियुक्त गरेको थियो।

सपथ ग्रहण पश्चात उपाध्यक्ष कडेल सहित सदस्यहरुलाई राष्ट्रिय योजना आयोगमा स्वागत गरिएको थियो। पदाधिकारीहरुको पदभार ग्रहणसंगै बसेको पहिलो बैठकले राष्ट्रिय योजना आयोगमा नियुक्त गरेर जिम्मेवारी सुम्पेकोमा नेपाल सरकार, मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयलाई धन्यवाद प्रस्ताव पारित गरेको छ।

पदभार ग्रहण पश्चात पत्रकारलाई संक्षिप्त प्रतिकृया दिँदै उपाध्यक्ष कडेलले नेपाल सरकारको निर्देशन, संविधानले निर्दिष्ट गरेका प्रावधान र अन्तर्राष्ट्रिय प्रतिवद्धताको कार्यान्वय गर्दै अगाडी बढ्ने बताए। 

Image may contain: 3 people

Image may contain: 11 people

Image may contain: 2 people, people standing and suit

Image may contain: 6 people, people smiling, people sitting and indoor

Image may contain: 3 people, people standing



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ