‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट २०१६’ फोटोबुक सार्वजनिक
प्रकाशित २०७५ वैशाख १३ बिहिबार
671
Shares
काठमाडौं । फोटो पत्रकार क्लब नेपालले ‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट २०१६’ फोटोबुक सार्वजनिक गरेको छ । क्लबले विहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी फोटोबुक विमोचन गरेको हो ।
कार्यक्रममा उपस्थित अतिथिहरु फूलकुमारी महत्तो मेमोरियल ट्रष्टका उपाध्यक्ष डा. विरेन्द्र महतो, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, आइएमइ गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र पिजे क्लबका अध्यक्ष विकास कार्कीले संयुक्त रुपमा फोटोबुक विमोचन गरेका हुन् ।
फोटो पत्रकार क्लबले आइएमइ–ग्लोबल आइएमइ बैंक, नेपाल फोटो कन्टेस्ट २०७३ मा गरेको फोटो प्रर्दशनीमा उत्कृष्ठ भएका फोटोहरुको संग्रह फोटोबुकको रुपमा प्रकाशन गरेको हो ।
व्यावसायिक फोटो पत्रकार, पत्रकार र शौखिन फोटोग्राफरले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए भने उत्कृष्ठ ७५ जनाको फोटोहरुलाई समाबेस गरि क्लबले फोटोबुक प्रकाशन गरेको हो ।
फोटोबुकमा घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखांची सिमेन्ट न्यूज, शिखर इन्स्योरेन्स नेपाल स्माइल, ग्लोबल मोडल स्पोर्टस र फोटो स्टोरी गरी सात विधामा छानिएका तस्वीरहरु समावेश गरेको छ ।
ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेलले नेपालको फोटोग्राफी तथा फोटो पत्रकारितालाई राष्ट्रिय र अन्तर्रा्िष्ट्रय स्तरसम्म प्रवद्र्धन गर्नमा यस फोटो वुकले महत्वपूर्ण भुमीका खेल्ने वताउँदै देशको सम्पूर्ण क्षेत्रको अर्थिक अवस्थालाई फोटोले स्पस्ट पारेको र वास्तविक नेपाललाई चिनाउने फोटोबुक भएको धारणा राखे ।
फोटोबुक प्रकाशनको लागि फूलकुमारी महत्तो मेमोरियल ट्रष्टले विशेष सहयोग रहेको थियो भने बीपी कोइराला इन्डिया फाउन्डेशन, आइएमइ इन्टरनेशनल मनि एक्सप्रेस र ग्लोबल आइएमइ बैंकले सहकार्य गरेको थियो ।
कार्यक्रममा आइएमइ गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकालले फोटो पत्रकारीताले नेपाली समाजको यथार्थता व्यक्त गरेको धारणा राखे । नेपालको आर्थिक,सामाजीक,धार्मिक र राजनितीक परिवेसलाई यस फोटो वुकले समेटन सकेको भन्दै आउँदा दिनमा आइएमई ग्रुप फोटो पत्रकार क्लव संग सहकार्यमा उत्सुक रहेको ढकालले वताए ।
कार्यक्रममा फूलकुमारी महत्तो मेमोरियल ट्रष्टका उपाध्यक्ष डा. विरेन्द्र महतोले फोटोबुकले नेपाललाई अन्र्तराष्ट्रिय रुपमा चिनाउन विशेष भूमिका खेल्ने बताए । उनले फोटोबुक प्रकाशनमा सहयोगी भूमिका निर्वाह गर्न पाएकोमा खुशी व्यक्त गरे ।
फोटोबुकमा नेपालको हिमाल, पहाड, तराई सबै क्षेत्रका प्राकृतिक परिदृश्यका साथै जीवनशैली झल्काउने तस्वीर रहेको भन्दै ट्रष्टका संचालक महतोले फोटोबुकले आपसमा समवन्य कायम राख्ने विश्वास व्यक्त गरे ।
नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले नेपालको पर्यटन प्रवद्धनमा फोटो वुक ‘नेपालको सभ्यता, संस्कृति झल्काउने यस किसिमको तस्बिरले नेपाल चिनाउन विदेशीलाई मात्रै नभई नेपालीका लागि समेत उपयोगी हुनेछ ।’ नेपालको पर्यटन प्रवद्र्धनमा समते फोेटोबुकले महत्वपूर्ण भूमिका खेल्ने जोशीले वताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता पेशा फोटोबिना अधुरो रहने बताए । उनले फोटोपत्रकारिताको महत्वबारे कार्यक्रमा प्रकाश पारेका थिए । अध्यक्ष आचार्यले फोटो पत्रकारका समस्या र चुनौतीबारे बोल्दै कठिन र जोखिमका बाबजुद पनि पेशामा कटिबद्ध भएर लाग्ने फोटोपत्रकारको सुरक्षा र स्वास्थ्यमा बीमा हुनुपर्नेमाा जोड दिए ।
फोटो पत्रकार क्लब नेपालका अध्यक्ष विकास कार्कीले फोटोग्राफर र फोटो पत्रकारबीच भिन्नता रहेको बताए । व्यवसायिक फोटोपत्रकारितामा जोड दिनु अहिलेको आवश्यकता रहेको उनले बताए ।
पेशागत मान्यता र व्यवसायिकता निभाउन फोटो पत्रकार क्लब कटिबद्धता रहेको समेत उनले जनाए । साथै उनले फोटोपत्रकार क्लबमा आबद्ध सदस्इहरूको प्रतिव्यक्ति ८ लाख बराबरको स्वास्थ्य बीमा, दुर्घटना बीमा र क्यामरा बीमा गरेको बताए । साथै क्लबमा आबद्ध सबै फोटोपत्रकार बिमित भइसकेको पनि जनाए ।
नेपाली पत्रकारको संगठन नेपाल पत्रकार महासंघको एसोसिएट सदस्यका रुपमा फोटो पत्रकार क्लब नेपाल रहेको छ । यो देशभरका फोटो पत्रकारहरुको साझा संस्था हो ।
०६१ सालमा स्थापना भएको यस क्लबले पेशागत सशक्तिकरणका लागि देशका विभिन्न स्थानमा फोटो पत्रकारिता तालिम, फोटोप्रदर्शनी तथा फोटोपत्रकारका हकहितका बारेमा कार्य गर्दै आएको छ ।