arrow

अछाममा चट्याङ लागेर सात घाइते, गहुँबाली नष्ट

logo
प्रकाशित २०७५ वैशाख १५ शनिबार
lightning.jpg

अछाम। मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर सात जना घाइते भएका छन्।असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेकाले केही घण्टा बेहोश भएपछि अहिले होशमा आएको प्रहरीले जनाएको छ। छ जना सामान्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन्।

यस्तै चौरपार्टी गाउँपालिका–१ सिउडीको छरी खोलामा आएको बाढीले छ बाख्रा मरेको तथा १०० भन्दा बढी बाख्राको उद्धार गरिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए। किसानले व्यावसायिक रुपमा बाख्रापालन गरेका छन्।

यसैबीच असिनापानीले पाकिसकेको गहुँ र तरकारी खेतीमा ठूलो क्षति पुर्‍याएको रामारोशन गाउँपालिकाका कृषक गीता साउदले जानकारी दिए। “उनले भने, पाकेको गहुँ असिनाले लग्यो, अब के खाने भन्ने चिन्ताले सताउन थाल्यो।” आधा केजीसम्मको असिना परेपछि तरकारी र गहुँखेती सखाप पारेको मेल्लेख गाउँपालिकाका कृषक मनिराज भट्टराईले बताए। रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ