काँग्रेसको अनौपचारिक छलफल, भोलि बिहान ९ बजे बैठक बस्ने
प्रकाशित २०७५ वैशाख १५ शनिबार
225
Shares
काठमाडौं। नेपाली काँग्रेसले पार्टीका महत्वपूर्ण निर्णय लिन आज पार्टीका पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यका अनौपचारिक बैठक बस्यो।
आज भएको छलफलमा निर्वाचनमा पार्टीको पराजयको समीक्षा, जिल्ला सभापतिको भेला, महासमिति बैठक बोलाउने र विधान संशोधनका विषयलगायतमा सर्वसहमति खोज्ने प्रयास भएको थियो।
भोलि बिहान ९ बजे बस्ने बैठकमा महामन्त्री डा शशांक कोइरालाले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यक्रम छ। उक्त प्रस्तावमाथि छलफल भई पारित हुने बताइएको छ।
साथै पार्टी सभापति शेरबहादुर देउवाले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिइ गत चैत ९ गतेदेखि जारी बैठक समापन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। रासस