दाङ। घरमा आगलागी भएपछि हिरासिँह केसीको परिवार बिचल्लीमा परेको छ । घोराही उप महानगरपालिका वडा नम्वर ७ बेलहरी निवासी केसीको घरमा शुक्रवार बिहान आगलागी भएको थियो । आगलागीबाट घरमा रहेको सवै धनमाल जलेर नष्टभएपछि केसी परिवार बिचल्लीमा परेको हो ।
खरको छानो रहेको एक तले घरमा बच्चाले लाईटर खेलाउने क्रममा आगो सल्कीएको थियो । आगलागीबाट घरमा रहेको खाद्यन्न,लत्ताकपडा,नगद तथा गरगहना सवै जलेको पिडित केसीले जानकारी दिए । अहिले छिमेको घरमा आश्रय लिएर बसिरहेका केसीले आवश्यक आर्थिक सहयोग गरिदिन सवैमा अपिल गरेका छन् ।
घर जलेर नष्ट भएपनि हाल सम्म कतैबाट सहयोग नपाएको उनको गुनासो छ । यसैविच वडा नम्वर ७ ले आगलागी पिडित केसीको परिवारलाई राहात दिलाउन पहल थालेको छ । वडा अध्यक्ष खोपीराम चौधरीका अनुसार तत्कालका लागी खाद्यन्न,भाडाकुडा र अस्थायी टहराका लागी बिभिन्न निकायसंग राहात माग गरिएको जानकारी दिए ।