नेताले नबोकेको काँग्रेस हारको भारी केन्द्रीय समितिले बोक्यो, महासमिति वैठक भदौमा
अन्तरघातीलाई कार्वाही गर्न अनुसासन समितिलाई निर्देशन
प्रकाशित २०७५ वैशाख १६ आइतबार
231
Shares
काठमाडौं। चुनावमा वेहोरेको हारको जिम्मा कुनै नेता विशेषले नलिएपछि नेपाली काँग्रेस केन्द्रीय समितिले नै हारको भारी उठाएको छ। हारको भारी उठाउँदा काँग्रेस केन्द्रीय समितिले नै त्यसको जिम्मा समेत लिएको छ।
चुनावमा नेपाली काँग्रेसको स्थिति कमजोर भएपछि त्यसको जिम्मा केन्द्रीय सभापतिले लिनुपर्ने केन्द्रीय समितिमा केहि नेताहरुले तर्क गरेका थिए। समितिकै केहि नेतनाहरुले भने भागवण्डामा सबै कुरा गर्नेले हारको अपजस पनि लिनुपर्ने बताएका थिए।
अपजसको भारी कस्ले बोक्ने भन्ने विवाद हुँदा बैठक प्रभावित समेत भएको थियो। १४ औं दिनमा सकिएको वैठकको अन्त्यतिर बीचको बाटो निकाल्दै कुनै नेता विशेषलाई हारको भारी नबोकाइ सिंगो केन्द्रिय समितिले नै हारको भारी बोक्न तयार भएको हो।
काँग्रेसले देशभर प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीलाई देशका सबै तहमा थप प्रभावकारी बनाउन पार्टीको सबै संरचना तथा भातृ तथा शुभेच्छुक संस्थाका गतिविधिहरुलाई एकिकृत राष्ट्रिय जागरण अभियान अन्तर्गत सञ्चालन गर्न आवश्यक कार्ययोजना र कार्यक्रम निर्धारण गर्ने निर्णय गरेको छ।
वैठकले २०७५ जेठ महिनाको अन्तिम सातामा जिल्ला सभापतिहरुको भेला गर्ने निर्णय गरेको छ। यसैगरि पार्टीको विधानलाई आवश्यक परिमार्जन तथा संसोधन लगायतका कार्यको तयारी गरि २०७५ भदौ महिनामा महासमिति वैठक वोलाउने निर्णय समेत वैठकले गरेको छ।
वैठकले पार्टी हित र अनुसासन विपरित चुनावमा गतिविधी गर्नेलाई छानविन गरि आवश्यक प्रक्रिया पुरा गर्न अनुसासन समितिलाई वैठकले निर्देश गरेको छ। पटक पटक गरि १४ दिनसम्म बसेको वैठकपछि ४ पेजमा समेटिएर सार्वजनिक गरिएको काँग्रेसको वैठकका निर्णयहरु यस प्रकार रहेका छनः