arrow

वाग्मती तीर्थ यात्राको रुद्रगाडेश्वरमा पूर्णाहुति हवनसहित यात्राको साङ्गे

logo
प्रकाशित २०७५ वैशाख १७ सोमबार
bagmati1.jpg

काठमाडौं ।  पशुपतिबाट शुरु भएको वाग्मती तीर्थ यात्राको सोमवार रुद्रगाडेश्वरमा हवन गरी समापन हुदैछ । एक साताअघि वैशाख १० गते सोमबार कटुवाल दहबाट सुरु गरिएको  यात्रा  सोमबार बिहान रुद्रगाडेश्वरमा पूर्णाहुति हवनसहित  साङ्गे गरिनेछ ।

 पशुपतिनाथका मूल भट्ट गणेश भट्टको उपस्थितिमा भक्ति र शास्त्रीय संगीतसमेत गरी आज समापन गरिनेछ । अन्तिम  दिनको कार्यक्रम बज्रयोगिनीबाट शुरु भई पशुपति परिसरमा पुगेकाले त्यहा  रुद्रगाडेश्वरमा पूर्णाहुति हवनसहित यात्राको समापन गर्न लागिएको पशुपति आगम घरका पुजारी मदन भट्टले बताए  ।

अन्तिम दिन बज्रयोगिनीबाट शुरु भएको यात्रा चाँगुनारायण–शंखतीर्थमा पूजा एवम् दर्शन गरी पशुपति क्षेत्र पुगेको हो ।  पशुपति पुगेको यात्रा समूहले गुह्येश्वरी, मृगेश्वरमा पूजा र दर्शन गरेको थियो । बाग्मतीको संरक्षण र धार्मिक महत्व सम्बन्धी जनचेतना जगाउन विसं २०३४ मा रोकिएको वाग्मती तीर्थ यात्रा ४१ वर्षपछि गरिएको हो  ।

स्थानीयवासीले प्रत्येक तीर्थस्थलमा यात्रा समूहलाई स्वागत गर्दै अब प्रत्येक वर्ष निरन्तरता दिन माग गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । १७ दिनको यात्रालाई यस वर्ष सात दिनमा झारिए पनि विधि सबै पूरा गरिएको भट्टले जानकारी दिए  ।

नेमुनिले चलाएको विश्वास गरिने यो यात्रा वाग्मतीको कटुवाल दहबाट उद्गमस्थल वाग्द्वारसम्म १८ कोशको दूरीमा सञ्चालन हुन्छ । यात्रामा १६५ तीर्थस्थलमा स्नान, पूजालगायत धार्मिक विधि पूरा गरिन्छ । वाग्मती यात्रामा वैदिक र तान्त्रिक दुवै विधिबाट पूजा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ