पाल्पा । नेपाल विद्यार्थी संघ पाल्पाको बैठक सोमबार तानसेनमा भएको छ । देश नयाँ संरचनामा गए पछि संघलाई कसरी अगाडि बढाउने भन्ने विषयमा बैठक भएको हो । बैठकलाई सम्बोधन गर्दै नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाले नेपाल विद्यार्थी संघलाई चलायमान र थप सुदृढ बनाउनुपर्ने बताएका छन् ।
सभापति रानाले भातृ संगठन कमजोर भएका कारण नेपाली काँग्रेसले निर्वाचनमा हार व्योहर्नु परेकाले भातृसंघ, संगठनका भावना बुझेर अगाडि बन्न नेतृत्वलाई आग्रह गरे । संगठन विभाग प्रमुख तथा नेपाली काँग्रेसका जिल्ला सचिव अजयमान कर्मचार्यले आफु पनि विद्यार्थी राजनिति गरेरै आएकाले विद्यार्थीका हरेक समस्यमा नेविसंघ अग्रपंक्तिमा रहेको बताए ।
उनले देश संरचनामा गएकाले अब स्थानीय तहमा रहेका विद्यार्थीहरुको समस्यालाई पहिचान गरेर समधान गर्न संघलाई आग्रह गरे । त्यस्तै बैठकमा नेविसंका केन्द्रीय सदस्य हरिवोल भट्टराईले नेविसंघलाई नयाँ ढंगबाट लैजानुपर्नेमा जोड दिए । उनले अब नेविसंघले विद्यार्थीका समस्याहरुलाई स्थानीय तहमै पहिचान गरेर समस्या समधान गर्न कुनै कसुर बाँकी नराख्ने बताए ।
नेपाली काँग्रेसका अर्को पार्टी सचिव झपेन्द्र गरैले मनोबल उच्च बनाउने जिम्मेवारी अब नेविसंघको काँधमा आएको बताए । बैठकमा नेपाली काँग्रेसका पूर्व जिल्ला उपसभापति कृष्ण प्रसाद अधिकारी, नेपाली काँग्रेसकी नेतृ लालकुमारी राना, नेविसंघका जिल्ला सचिव सुरेश बोहोरा, जिल्ला सदस्य सुवास गैरे, पाल्पा इन्जिनियरिङ्ग कजेलका नेविसंघका इकाइ सभापति प्रमोद अधिकारी, तानसेन बहुमुखि क्याम्पसका इकाइ सभापति कृष्ण अर्याल, जनता माविका इकाइ सभापति विपना थापा लगायतले आफ्ना धारण राखेका थिए ।
बैठक संघका जिल्ला सभापति कृष्ण आलेको सभापतित्वमा भएको थियो । संघले अजयमान कर्मचार्यको नेतृत्वमा तीन सदस्यी परिचालन समिति समेत गठन गरेको छ । जसमा संघका केन्द्रीय सदस्य हरिवोल भट्टराई, संघका जिल्ला सभापति कृष्ण आले रहेका छन् ।