धनकुटा । नेपाली कांग्रेस धनकुटाका क्षेत्रिय प्रतिनिधि युवा नेता भुवन प्रसाद पौडेलको निधन भएको छ । पौडेल केही समय अघि देखी मृगौलामा समस्या भै विरामी भै उनको सोमवार असमायिक निधन भएको हो ।
निधन भएसँगै मंगलवार नेपाली कांग्रेस धनकुटाले शोक विज्ञप्ती बक्तव्य प्रकाशित गरी श्रद्धाञ्जली र समवेदना व्यक्त गर्दै उनको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुणीय क्षती पुगेको जनाएको छ ।
नेपाली कांग्रेस धनकुटाका क्षेत्रिय प्रतिनिधि घोर्लिखर्कमा यूवा नेता भुवन प्रसाद पौडेलेको निधनले नेपाली कांग्रेसलाई ठूलो क्षती पुगेको नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले जारी गरेको शोक बक्तव्यमा उल्लेख गरिएको छ । विज्ञप्तीमा स्वर्गीय भुवन प्रसाद पौडेल प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।
पाख्रिवास नगरपालिका घोर्लिखर्क निवासी स्वर्गीय भुवन प्रसाद पौडेल नेपाली कांग्रेस धनकुटाका यूवा नेता कुशल र अनुशासित संगठनकर्ताको रुपमा धनकुटामा स्थापित थिए ।