arrow

महासंघका महासचिव सिटौला नाटकीय रुपमा पक्राउ

logo
प्रकाशित २०७५ वैशाख २१ शुक्रबार
saroj-sitaula1.jpg

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला नाटकीय रुपमा पक्राउ परेका छन् । नेपालको साक्षात्कार कार्यक्रममा भाग लिन आउँदा क्लबको कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

सादा पोषाकमा आएका प्रहरीले सिटौलालाई पक्राउ गरेर महानगरिय प्रहरी परिसर टेकुमा लगेको छ। क्लबमा आउनुअघि उनले क्लबका अध्यष ऋषि धमलालाई टेलिफोन गरेर पक्राउ पर्ने सम्भावना भएकाले कार्यक्रममा आउँ कि नआउँ भनेर सोधेका थिए ।  

धमलाले क्लबमा सरकारी निकायका सरोकारवाला पनि साक्षात्कारमा आउने जानकारी दिएर सिटौलालाई बोलाएका थिए । उक्त फोन बार्तापछि उनि रिपोर्टर्स क्लब आएका थिए ।  क्लबको कार्यालय परिसर पुगेसँगै उनलाई पक्राउ गरिएको हो ।

यातायात ठप्पः हामी हार्दा सरकारले खुशीयाली मनाउँदैन –सिटौला 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ