arrow

सभापति देउवाले गरे पदाधिकारी मनोनयन

बिधान बिपरित पदाधिकारी मनोनयन अबैधानिक भएको पौडेल पक्षको निष्कर्ष

logo
प्रकाशित २०७५ वैशाख २१ शुक्रबार
nc-exeuditve-member-nidi.jpg

काठमाडौँ । नेपाली कांग्रेसको शुक्रवार बसेको केन्द्रीय कार्यसमिति बैठकले रिक्त पदाधिकारी मनोनयन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको बैठकमा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको उपसभापतिमा विमलेन्द्र निधी, महामन्त्रीमा पुर्ण बहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशसरण महत मनोनित गरेका छन्।

बैठकमा पार्टी पदाधिकारी मनोनयनका लागि नाम प्रस्ताव गरेका हुन् । विधानको दफा २१ मा ८५ सदस्यीय केन्द्रीय समिति गठनको व्यवस्था छ ।

यसअघि विहिवारको बैठकमा सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महतको नाम प्रस्ताव गर्ने चर्चा चलेको थियो । सभापति देउवाले सहमहामन्त्री पद नेता पौडेल पक्षलाई दिने मनसाय बनाएको भए पनि पार्टीभित्रको पछिल्लो घटनाक्रमले त्यसमा फेरबदल आएको हो ।

वरिष्ठ नेता पौडेल पक्षले भने निर्वाचित भएको दुई महिना भित्र गर्नु पर्ने मनोनयन अहिले आएर गर्नु बिधान बिपरित रहेको भन्दै  पदाधिकारी मनोनित गर्न डाकिएको कांग्रेस केन्द्रीय समिति बैठक नै अबैधानिक भएको निस्कर्ष निकालेको छ। बहुमतबाट गरिने अबैधानिक निर्णय आफुहरुले नमान्ने कांग्रेस नेता प्रकाश मान सिहले  बताए ।

अझै पार्टी सुधारका लागि देउवा असफल भएको निश्कर्षमा रहेका कांग्रेसका प्रभावशालि सबै नेताहरु बसेर बहुमतिय आधारमा गरिने बिधान बिपरित सबै खाले निर्णयको कडा रुपमा प्रतिबाद गर्ने र  पार्टी सुधारका लागि मिलेर शसक्त ढंगले अगि बढ्ने निस्कर्ष निकालेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ