पाल्पा । पश्चिम नेपाल बस व्यवसायी संघका पाल्पा इन्चार्ज बिकास भट्टराई र श्रीनगर यातायात व्यवसायी समितिका कोषध्यक्ष किरण चित्रकारलाई प्रहरीले पक्राउ गरे छ ।
गृह मन्त्रालयले सिन्डीकेट चलाउने समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै भट्टराई र चित्रकारलाइ तानसेनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पा जनाएको छ ।
सरकारी निणर्यको बिरोधमा आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले आज गाडी थन्काएर नचलाएपछी पक्राउ परेका हुन् । पक्राउ परेका दुबैलाई जिल्ला प्रहरी कार्यालय तानसेनमा मा राखिएको छ । अन्यलाई समेत खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।