arrow

पाल्पाको तानसेनमा ट्रिपर ठक्करबाट एक बालिकाको मृत्यु

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ वैशाख २२ शनिबार
tansen.jpg

पाल्पा। ट्रिपरले मोटरसाइकललाई ठक्कर दिदाँ ५ वर्षिय बालिकाको घटनास्थलमै मृत्यु भएको छ। तानसेन नगरपालिका ३ अप्पुभिलेज नजिकै गए राती  सिद्धार्थ नगरपालिका १ रुपन्देहीकी अनुसिका दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

पाल्पाबाट रुपन्देही तर्फ जाँदै गरेको लु २ ख २४४० नम्वरको ट्रिपरले विपरित दिशा तर्फ आउदै गरेको लु १७ प ८७५९ नम्वरको मोटरसाइकललाई राती ९:३० बजे ठक्कर दिएको थियो। ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालिकाको शवलाई पोष्मार्टमको लागि  जिल्ला अस्पताल पाल्पामा राखिएको प्रहरी नायव उपरिक्षक विनोद घिमिरेले जानकारी दिए। पछिल्लो समयमा जिल्लामा  ट्रिपर आतंकले धेरैको ज्यान लिइसकेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ