पाल्पा । ट्रिपरले मोटरसाइकललाई ठक्कर दिदाँ ५ वर्षिय बालिकाको घटनास्थलमै मृत्यु भएको छ । तानसेन नगरपालिका ३ अप्पुभिलेज नजिकै गए राती सिद्धार्थ नगरपालिका १ रुपन्देहीकी अनुसिका दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पाबाट रुपन्देही तर्फ जाँदै गरेको लु २ ख २४४० नम्वरको ट्रिपरले विपरित दिशा तर्फ आउदै गरेको लु १७ प ८७५९ नम्वरको मोटरसाइकललाई राती ९:३० बजे ठक्कर दिएको थियो । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बालिकाको शवलाई पोष्मार्टमको लागि जिल्ला अस्पताल पाल्पामा राखिएको प्रहरी नायव उपरिक्षक विनोद घिमिरेले जानकारी दिए । पछिल्लो समयमा जिल्लामा ट्रिपर आतंकले धेरैको ज्यान लिइसकेको छ ।