arrow

पाल्पाको तानसेनमा ट्रिपर ठक्करबाट बालिकाको मृत्यु

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ वैशाख २२ शनिबार

पाल्पा । ट्रिपरले मोटरसाइकललाई ठक्कर दिदाँ ५ वर्षिय बालिकाको घटनास्थलमै मृत्यु भएको छ । तानसेन नगरपालिका ३ अप्पुभिलेज नजिकै गए राती  सिद्धार्थ नगरपालिका १ रुपन्देहीकी अनुसिका दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 पाल्पाबाट रुपन्देही तर्फ जाँदै गरेको लु २ ख २४४० नम्वरको ट्रिपरले विपरित दिशा तर्फ आउदै गरेको लु १७ प ८७५९ नम्वरको मोटरसाइकललाई राती ९:३० बजे ठक्कर दिएको थियो । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 बालिकाको शवलाई पोष्मार्टमको लागि  जिल्ला अस्पताल पाल्पामा राखिएको प्रहरी नायव उपरिक्षक विनोद घिमिरेले जानकारी दिए । पछिल्लो समयमा जिल्लामा  ट्रिपर आतंकले धेरैको ज्यान लिइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ