arrow

एन्फा अध्यक्षमा कर्माछिरिङ विजयी

logo
प्रकाशित २०७५ वैशाख २२ शनिबार
karma-chiring-new.jpg.jpeg

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी भएका छन् ।  शनिबार सम्पन्न निर्वाचनको मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा शेर्पाले ६३ मत प्राप्त गरे भने प्रतिस्पर्धी उम्मेदवार मणि कुँवरले १२ मत प्राप्त गरे ।

साधारणसभामा ७५ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए । उपाध्यक्षमा शेर्पा प्यानलका पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णबहादुर थापा र वीरबहादुर खड्का निर्वाचित भए ।

सदस्यमा दावा लामा, निरोज खड्गी, पूर्णमान चित्रकार, रवीन्द्रनाथ श्रेष्ठ, मधुसुदन उपाध्याय, प्रदेशसिंह राठौर, दिनेश व्यञ्जनकार, दीर्घबहादुर केसी, किरण राई, विजय घले र रत्नकुमार श्रेष्ठ निर्वाचित भए ।

साधारणसभाको आजै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

यसअघि गत चैत ११ मा तय भएको साधारणसभा उच्च अदालत, पाटनको अन्तरिम आदेशका कारण स्थगित भएको थियो ।

त्यतिबेला ‘कार्यसमितिको निर्वाचन रोक्न माग गर्दै भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले एन्फालाई विपक्षी बनाई दायर गरेको निषेधाज्ञा मुद्दामा उच्च अदालत पाटनबाट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यसमितिको निर्वाचन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेकोमा ती जिल्लाको विवाद समाधान भएकाले आज निर्वाचन सम्पन्न भएको हो ।

मणि कुँवर एन्फामा दुई दशकबढी समय राज गरेका गणेश थापाका साला हुन् । मणिले चुनाव लड्न डराएपछि गणेश थापाको फुटबल राज पनि समाप्त भएको छ । थापा फिफाको १० वर्षे निलम्बनमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ