arrow

तेस्रो राष्ट्रिय पत्रकारिता दिवस

राष्ट्रिय पत्रकारीता पुरस्कार डा. महेन्द्र विष्ट र डा. राजेश अहिराजलाई प्रदान गरिदै

logo
प्रकाशित २०७५ वैशाख २४ सोमबार
patrakarita-diwas.jpg

काठमाडौं । तेस्रो राष्ट्रिय पत्रकारिता दिवस  ‘समृद्धि र सुशासन : आमसञ्चारको अभियान’ भन्ने मूल नारासहित मनाइदैछ ।  बैशाख २३ देखि २५ सम्म  तीनदिन विभिन्न कार्यक्रम गरी तेस्रो राष्ट्रिय पत्रकारिता दिवस मनाइदैछ ।  

विसं १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशन सुरु भएको दिनलाई पत्रकारिता दिवसका रुपमा  मनाउन थालिएको हो  । आज गोरखापत्र दैनीक  ११८ औ बर्षमा प्रबेश गरेको छ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अध्यक्षतामा गठन भएको तेस्रो राष्ट्रिय पत्रकारिता दिवस–२०७५ मूल समारोह समितिको बैठकले यो बर्ष तीनदिनसम्म  राष्ट्रिय पत्रकारिता दिवस  भव्य रूपमा मनाउने निर्णय गरेको हो ।

समितिको बैठकले राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान पुरस्कार प्रदान गरिन लागेको हो । सरकारले यो वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार डा. महेन्द्र विष्ट र डा. राजेश अहिराजलाई प्रदान गर्ने भएको छ । डा. विष्ट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत हुन ।

यस्तै, वरिष्ठ पत्रकार सम्मान पत्रकारहरु बबिता बस्नेत, कौशल चेम्जोङ र निमबहादुर बुढाथोकीलाई प्रदान गरिने भएको छ । राष्ट्रिय पत्रकारिता दिवसको अबसरमा आज राष्ट्रपति कार्यालय शितल निवासमा एक समारोहबीच राष्ट्रपति विद्या भण्डारीले पुरस्कार प्रदान गर्नेछिन् ।  प्रत्येकले पुरस्कार स्वरुप २ लाखका दरले प्राप्त गर्नेछन ।

आफ्नो  प्रकाशनमा विशेष सम्पादकीय, लेख, विशेषाङ्क समावेश गर्ने, प्रसारण संस्थाहरूले पत्रकारिता सम्बन्धमा अन्तरक्रिया र अन्तर्वार्ताहरू प्रसारण गर्ने तथा तीन दिन सबै सञ्चारगृहले दीपावली गर्ने निर्णय भएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ