arrow

चार वर्षे बालकमाथि शिक्षिकाको क्रूरता, यस्तो भयो

logo
प्रकाशित २०७५ वैशाख २९ शनिबार
stone-hit.JPG

काठमाडौं । बालबालिकालाई सबैभन्दा राम्रो वातावरणमा शिक्षा दिने मुलुकको नाम लिँदा धेरैले नछुटाउने नाम हो–अमेरिका। हालै अमेरिकाको आर्कान्सास सहरमा भएको एक घटनाले भने अमेरिकाको बालबालिकालाई शिक्षा दिने प्रणालीको नै खिल्ली उडाएको छ । 

अर्कान्सास सहरमा रहेको एक विद्यालयकी शिक्षिकाले चार वर्षको बालकलाई अन्य छ जनाद्वारा ढुङ्गाले हान्न लगाएको भिडियो सार्वजनिक भएको हो । निकै आश्चर्यलाग्ने उक्त भिडियोमा उक्त बालकलाई ‘पाठ सिकाउन’ भन्दै शिक्षिकाले ढुङ्गाले हान्न छ जना उसका साथीहरुलाई निर्देशन दिएकी छिन् । 

यो घटना गत अप्रिल २६ को रहेको बताइएको छ । प्रहरीले दिएको जानकारीअनुसार यो भिडियो इमेलको माध्यमबाट प्रहरीसमक्ष पुगेको थियो । यो घटना हुँदैगर्दा अर्की शिक्षकाले देखी सो भिडियो प्रहरीकोमा पठाएकी थिइन् । 

यो भिडियो खिच्ने शिक्षिकाले आफू र अन्य छ जना शिक्षिकाहरु बाहिर निस्किएको समयमा यस किसिमको दृश्य देखेको कारण मोबाइलको भिडियोमा कैद गरेको बताइन् । 

चार वर्षका बालकले चउरमा छ जना अन्य बालबालिकामाथि ढुङ्गाले हान्ने प्रयास गरेको कारण उसलाई पाठ सिकाउन भन्दै शिक्षिकाले यस किसिमको हर्कत गरेकी हुन् । 

भिडियोमा छ जनाले उक्त बालकमाथि ढुङ्गाले प्रहार गरेको देखिएको छ र उक्त बालक रोइरहेको देखिन्छ । पृष्ठभूमिमा “उसले अब यस्तो गर्न हुँदैन भन्ने कुरा सिक्यो, यो पर्याप्त छ” भन्ने आवाज सुनिन्छ । प्रहरीले शिक्षिकालाई पनि बोलाई अन्तर्वार्ता लिएको छ तर अहिलेसम्म कसैलाई पनि पक्राउ भने गरिएको छैन । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ