काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथमा पूजापाठ गरिरहेका छन् । मोदीले शनिबार बिहान १०८ ब्राम्हणसंगै रहेर पूजापाठ गरिरहेका हुन् । यो विशेष पूजापाठ हुनेछ ।
मोदी सन् २०१४ अगष्ट १४ मा मोदीले साउने अन्तिम सोमबार पूजा गरेका थिए ।
यसपटक उनको दोस्रो पूजापाठ हो ।
मोदीले आधा घण्टाभन्दा बढी समय लगाएर पूजा गर्नेछन् ।
सन् २०१४ मा उनले करिब ४५ मिनेट लगाएर पूजा गरेका थिए ।
पूजापाठ सकेर उनी हायात होटल जानेछन् र दिउँसो राष्ट्रिय सभागृहमा नागरिक अभिनन्दनमा सरीक हुनेछन् ।