arrow

मुलुकको समृद्धि र सम्पर्क सञ्जाल विस्तार गर्ने छलफल : अध्यक्ष यादव

logo
प्रकाशित २०७५ वैशाख २९ शनिबार
modi-yadav-meet-2018.jpg

काठमाडौं। नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन्। आज यहाँ भएको भेटवार्तामा दुई देशको सम्बन्ध, आपसी हित र चासोका विषयमा विचार विमर्श भयो।

पारस्परिक सहयोग र विकासका विषयमा प्रधानमन्त्री मोदीसँग कुराकानी भएको अध्यक्ष यादवले जानकारी दिए। उनले भने, “मुलुकको समृद्धि र दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार गर्ने विषयमा भारतीय प्रधानमन्त्रीसँग महत्वपूर्ण र सकारात्मक छलफल भयो।” प्रधानमन्त्री मोदीलाई अध्यक्ष यादवले एक्लै भेटवार्ता गरेका हुन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ