मुलुकको समृद्धि र सम्पर्क सञ्जाल विस्तार गर्ने छलफल : अध्यक्ष यादव
प्रकाशित २०७५ वैशाख २९ शनिबार
785
Shares
काठमाडौं। नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन्। आज यहाँ भएको भेटवार्तामा दुई देशको सम्बन्ध, आपसी हित र चासोका विषयमा विचार विमर्श भयो।
पारस्परिक सहयोग र विकासका विषयमा प्रधानमन्त्री मोदीसँग कुराकानी भएको अध्यक्ष यादवले जानकारी दिए। उनले भने, “मुलुकको समृद्धि र दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार गर्ने विषयमा भारतीय प्रधानमन्त्रीसँग महत्वपूर्ण र सकारात्मक छलफल भयो।” प्रधानमन्त्री मोदीलाई अध्यक्ष यादवले एक्लै भेटवार्ता गरेका हुन्। रासस