सिरहा। नेपाल बिद्यार्थी संघ सिरहाको अध्यक्षमा मोहम्मद मुस्ताक चयन भएका छन्। नेपाल बिद्यार्थी संघका सहमहामन्त्री एवं केन्द्रीय प्रतिनिधि माधव ढकालले मुस्ताकलाई अध्यक्षमा चयन गरेका हुन्।
सहमहामन्त्री तथा केन्द्रिय प्रतिनिधि ढकालले लामो समयदेखि नेतृत्वविहीन अवस्थामा रहेको सिरहा नेविसंघको अध्यक्षमा मुस्ताक चयन भएसंगै जिल्ला कार्यसमिति विस्तार गर्न र संगठनमा आबद्ध सम्पूर्ण बिद्यार्थीहरुको भावनालाई आत्मसाथ गर्दै संगठनलाई बलियो बनाउन मद्धत पुग्ने विश्वाश व्यक्त गरे।
नेपाल बिद्यार्थी संघका अर्का सहमहामन्त्री राजेश रौनियारले नेपाल बिद्यार्थी संघलाई आगामी दिनमा शशक्त ढंगले अगाडी बढाउन र बलियो बनाउन मुस्ताकको नेतृत्व सिरहा जिल्लाको लागि उपयुक्त हुने बताए ।