शेखरले सोधे, ' भारतीय सांसदले जनकपुर भारतमा मिसाउनु पर्छ भन्दा पनि सरकार किन मौन?'
नेपालमै नेपाली पत्रकारलाई प्रवेश नदिनु दुर्भाग्य
प्रकाशित २०७५ वैशाख २९ शनिबार
450
Shares
मोरङ। नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले भारतीय सांसद किर्ती आजादले जनकपुरलाई भारतले फिर्ता ल्याउँनुपर्छ भन्ने अभिब्यक्ती दिएर नेपालको सार्वभौमिकतामाथी ठाडो हस्तक्षेप गरेको बताएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरबाट शुरु गरेको नेपाल भ्रमणकै दिन विवादास्पद वयान दिएका आजादको नेपालमा चर्को विरोध भइरहँदा काँग्रेस नेता कोइरालाले यस विषयमा सरकारको औपचारिक धारणा माग गरेका छन्।
'भारतीय सांसदले सामाजिक सञ्जालमा व्यक्त गरेका कुराको बारेमा सरकार किन चुप छ हामी जवाफ चाहन्छौ,' कोइरालाले भने।
नेपाल निजामती युनियन संघले सूनसरीमा आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा कोइरालाले भाजपाकै सांसद रहेका आजादले भाजपाकै तर्फबाट प्रधानमन्त्री रहेका मोदीको नेपाल भ्रमणकै क्रममा दिएको विवादास्पदको बिषयमा नेपाल सरकारले परराष्ट्र मन्त्रालय मार्फत तत्कालै कुटनितीक धारणा सार्वजनिक गर्नुपर्ने बताए।
कार्यक्रममा संबोधन गर्दै डा कोईरालाले भने, ' तत्कालिन सुशिल कोईरालाको प्रधानमन्त्रीत्वकालमा नरेन्द्र मोदीजीले दुईपटक नेपालको भ्रमण गर्नुभयो। त्यतीबेला भन्दा अहिले नेपालको सुरक्षा चूनौती बढेको होकी भन्ने देखिन्छ। यसमा सरकार गम्भिर हुनुपर्छ।'
मुस्ताङको मुक्तिनाथ र काठमाडौको राष्ट्रिय सभागृहमा नेपाली पत्रकारलाई प्रवेस निषेध गरिनु दूर्भाग्य भएको डा कोईरालाले बताए।