जनकपुरलाई भारतमा मिलाउन माग गर्ने भारतीय सांसद आजाद नेपालको दुश्मनः विमलेन्द्र निधी
प्रकाशित २०७५ वैशाख २९ शनिबार
259
Shares
काठमाडौं। जनकपुरलाई भारतमा मिलाउन माग गर्ने भारतीय सांसद कीर्ती आजाद नेपालको दुश्मन भएको काँग्रेस उपसभापति विमलेन्द्र निधीले बताएका छन्। आजादको अभिव्यक्तिको चर्को विरोध भइरहँदा काँग्रेस उपसभापति निधीले आजादलाई नेपालको दुस्मन घोषणा गरि विरोध गर्न आह्वान गरेका हुन्।
जनकपुर, प्रदेश नम्वर दुई, मधेश र नेपालकै अस्मितामाथि धावा बोल्ने आजादलाई सबैले दुस्मन घोषणा गरि विरोध गर्न निधीले आह्वान गरेका हुन्। यो सोच दुबै देशको अखण्डताको लागि खतरा भएको निधीको तर्क छ।
दुई सय बर्ष अघी जनकपुर नेपाललाई दिएको भन्ने हावादारी कुरा गरेका आजादले जनकपुरलाई भारतमा मिसाइ मिथिला राज्य बनाउन भारतीय प्रधानमन्त्री जनकपुर भ्रमणमा रहेकै बेला सामाजिक सञ्जाल मार्फत माग गरेका थिए। आजाद मोदीकै पार्टी भारतीय जनता पार्टीका सांसद हुन्।
जनकपुरकै स्थानिय समेत रहेका काँग्रेस नेता निधीले आजादको अभिव्यक्तिप्रति रोष प्रकट गर्दै नेपाल भारत दुबै देशका प्रधानमन्त्री केपी ओली र नरेन्द्र मोदीले आवश्यक कार्वाही गरेर सार्वजनिक गर्न माग गरेका छन्। नत्र आफूहरु चुप लागेर नबस्ने उनले चेतावनी समेत दिएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा निधीले यसो भनेका छन्ः
जनकपुरलाई भारतमा मिलाउनु पर्छ भन्ने किर्ति आजाद नामको भारतीय सांसदलाई जनकपुर,२नं प्रदेश,मधेश र नेपाल देशको दुश्मन घोषणा गरी विरोध गरौं।त्यो सोच दुवै देशको अखण्डताकोलागि खतरा हो। मोदी र ओली दुवै सरकारले तुरन्त आवश्यक कार्यबाही गरेर सार्वजनिक गरोस्।नत्र हामी बर्दास्त गर्दैनौ।