जन्मदिनको शूभकामना वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई
प्रकाशित २०७५ वैशाख ३० आइतबार
578
Shares
काठमाडौं। वाङ्गमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले आज ९९ औ जन्मोत्सव मनाइरहेका छन। तिथीले गएको बुधबार जेष्ठ शुक्ल पक्ष नवमीका दिन जन्मदिन मनाएका जोशीको आज भने जन्म भएको दिनका रुपमा बिशेष उल्लासका साथ मनाइदैछ।
१९७७ साल बैशाख ३० गते ललितपुरको बखुम्बहालमा शंकरदास जोशी र नोगलदेवीको कोखबाट जोशी जन्मेका हुन। जोशीले २०१३ सालमा पहिलोपटक हाम्रो लोक संस्कृति ग्रन्थ लेखेकाले मदन पुरस्कार पाएका हुन। यो संगै जोशीले नेपाली राष्ट्रिय मुद्रा र कर्णाली लोकसंस्कृति लेखेकाले तीनपटकसम्म मदन पुरस्कार पाए। यो पुरस्कार तीनपटक पाउने जोशी एक्ला हुन। त्रिमूर्ति निकेटनको पहलमा बि.स. २०७१ म्ंसिर १५ गते जोशीलाई सरकारले वाङ्गमय शताब्दी पुरुषको सम्मान प्रदान गरेको थियो।
जोशीले सुप्रबल गोर्खा दक्षिण बाहु बिख्यात त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार पाइसकेका छन भने सरकारले उज्ज्वल किर्तिमान राष्ट्रदिपले सम्मान गरिसकेको छ। जोशीका नेपाली र नेवारी गरी ५० भन्दा बढी कृति प्रकाशित भइसकेका छन। साहित्यकार तथा संस्कृतिबिद सत्यमोहन जोशी यो उमेरमा पनि निकै क्रियाशिल भई अहिले पनि दैनीक ३, ४ वटा कार्यक्रममा समेत समय दिने गरेका छन भने उनको घरमा बिहानदेखि बेलुकासम्मै भेट्ने खाली हुदैनन।
सत्यमोहनका दिनचर्या
आजकल जोशीको दिनचर्या आफना बिगतलाई स्मरण गर्दै अनुभव साट्दै बितिरहेका छन। भाषा साहित्य र संस्कृतिका बारेमा आफना कुरा राख्न पाउदा निकै रमाउने र प्रश्न कर्तालाई बोल्ने अबसर दिन नरुचाउने सत्यमोहन आफना बोरमा व्यक्तिगत कुरा भने खासै राख्न नै चाहदैनन। उनका बारेमा व्यक्तिगत कुरा खोतल्ने प्रयास गर्नु उनीसंगको कुराकानी नै बन्द गरी जानु सरह नै गाहे छ। भुकम्पले क्षति पुर्याएको घर अझै पुर्ननिर्माण किन हुनसकेको छैन भन्ने प्रश्नमा यसको उत्तर दिन उनले पटक्कै मान्नुभएन थुप्रै रोपनी जग्गाका धनी जोशी पैसाको अभावले घर पुर्ननिर्माण गर्न नसेकेको नभएपनि वास्तविक के कारणले पुर्ननिर्माण गर्न नसकेको हो भन्ने उत्तर दिन भने चाहेनन।
स्वस्थ र दिर्घायु जीवनको रहस्य
९९ बर्षको बसन्तमा टेकेका जोशीले अहिले भने बिस्तारै आँखाले देख्न छाडेको र स्मरणशक्ति पनि घट्दै गएको बताउछन। यो उमेरमा पनि अहिलेसम्म कुनै पनि रोग लागेर औषधी खाइरहनुपर्ने अबस्था नभएपनि सामान्य सुगर र रक्तचाप भने भएको सुनाउ“छन। तर औषधी नै खानुपर्ने अवस्था नआएको मा भने जोशी सन्तुष्त छन्।
यो स्वस्थ र दिर्घायु जीवनको रहस्य दैनिक बिहानको खानामा एक मुठी गाइको दुध नियमित खानु हो, जोशी भन्छन। उनको लागि नियमित रुपमा इमाडोलबाट दुध मगाइन्छ। शुद्ध गाइको दुध पाउन मुस्किल भएपनि अहिले सम्म स्वाद र शुद्धतामा कमी नआएको जोशी बताउछन्।
बिहान गाइको दुध र राति सुत्नेबेला एक पेग घरमै बनाएको रक्सी खाने उनको दैनीक अन्य रुटिन जस्तै नै हो। रातमा राम्ररी निदाउन पनि रक्सी नभई नहुने भनाई उनको छ। रक्सी खानै नहुने होइन यसको मात्रा मिलाएर राम्रो गुणस्तरको खाने हो भने फाइदा नै गर्छ। तर यो हुन सकेन भने फाइदा भन्दा बेफाइदा नै बढी हुने उनको दाबी छ बुढयौली उमेर भन्नु नै शरिरका ज्ञानेन्द्रियले राम्ररी काम गरेको अवस्थामा मात्रै त्यो बृद्धाअवस्था सार्थक हुने भनाई राखेका जोशीले यदी यसले काम राम्ररी नगरेमा बुढयौली जीबन व्यर्थ हुने दर्शन राख्छन।
अहिले पनि दैनीक उनलाई भेटन उनको घर ललितपुरको बखुम्बहालमा बिहानदेखि बेलुका सम्म खालि हुदैनन कोही संस्कृतिका बारेमा त कोही भाषा र साहित्यका बारेमा जानकारी लिने त कोही उनको जीवनीबारे खोतल्न पुग्नेको कमी हुदैन। उनको दैनीकी आजकल भेटघाट र कार्यक्रम उदघाट्न गर्दैमा बित्ने गरेको छ।
भादगाउँले कालो टोपी लगाउन किन छाडे त ?
त्वाक टबली अर्थात भादँगाउले टोपी जोशीको निकै मनपर्ने टोपी हुन। तर आमा बितेदेखी रंगिबिरगिं लुगा टोपी लाउन छाडेको जोशी बताउछन। अहिले सामान्य खालको टोपी मात्रै लगाउछन। पहिला एकै स्थानमा सिलाउन दिने दौरा सुरुवाल लगाउने भएपनि आजकल तयारी नै किनेर लगाउने गरेका छन। जोशीले पछिल्लो समय धेरै भयो नयाँ लुगा नकिनेको, पुराना सिलाएको लुगा नै बाँकी भएकाले नया कपडा आवश्यक नपरेको सुनाए।
गितसंगितप्रति निकै मोह भएका जोशी
उपत्यकाको कालो डाँडा काटेर बाहिर कहिलै नगएका जोशी सरकारी काम पाएपछि भने कामको सिलसिलामा त्यो कालो डाँडा काटेर जानुपर्ने बाध्यता भयो। त्यसै सिलसिलामा पहिलो पटक कास्की, तनहु र लमजुङ्गको बिकट गाँउमा हिड्नुपरयो। त्यो बेला निकै निरस र दिक्क भएका जोशीलाई त्यहाँका गित संगितले यसरी तान्यो कि जुन उनका लागि नौलो अध्ययनको बिषय पनि बन्न पुग्यो।
त्यहाँ गाँउ र स्थान पिच्छे फरक भावका भाका सुन्न थालेपछि सरकारी जागिर छाडने सोच बनाइसकेका जोशीको मनस्थिती नै बदलियो। सरकारी जागिर छाडनु भनेको त्यो बेला जागिर जानु मात्र नभई दण्ड सजायको समेत भागिदार हुनुपथ्र्यो। काम गर्न सकिसकेपछि बाँकी फुर्सदको समयमा उनी आफना रुचीको बिषय गित संगित लिपिबद्ध गर्नतिर हानिनथाले।
जुन रुचीको बिषयमा लगनशिल भई लागेर आजसम्म आइपुग्दा उनले वाङ्गमय शताब्दी पुरुषको उपाधि समेत पाइसकेका छन। वि.सं. १९७७ मा जन्मिएका जोशीलाई सरकारले २०७१ बैशाख ३० उनकै जन्मदिनको बेला शताब्दीपुरुष घोषणा गरेको हो।
यो बर्ष त्रिमूर्ति निकेटनले जुन सम्मान गरेको छ जोशीलाई, यसले उनलाई अझ थप बाच्नुपर्ने हौसला मात्र दिएको छैन थप जिउनुपर्ने जिम्मेवारी बोध समेत गराएको बताउँछन। आगामी बर्ष ललितपुर महानगरपालिकाले जोशीको सयौ जन्मोत्सब बिशेष उल्लासका साथ मनाउन समिति समेत गठन गरी काम अघि बढाउने मेयर चिरीबाबु मर्हजनले उद्घोष गरेका छन् साथै गएको चैत महिनादेखि महानगरले जोशीलाई जिवनभरका लागि सम्मान र सहयोग स्वरुप बाहिर यात्रा गर्नका लागि सवारीसाधन, चालक र अंगरक्षकको समेत व्यवस्था गरी मासिक ५० हजारको व्यवस्था मिलाइदिएको छ। यस्ता सम्मानले जेष्ठ नागरीकलाई जिउन थप हौसला र बल मिल्ने भएकाले अन्य जेष्ठ नागरीकलाई पनि स्थानीय निकायबाटै सक्दो सहयोग गर्नू जरुरी छ।