arrow

रामेछापमा वाढीले बगाएका १६ छात्रा मध्ये उस्मा फुयाँल बेपत्ता, १५को उद्वार, सदरमुकाममा बाढी पस्यो

घाइते ३को उपचार हुँदै

logo
ज्ञानु श्रेष्ठ,
प्रकाशित २०७५ वैशाख ३१ सोमबार
manthali-duban.jpg

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीबाट परीक्षा दिन जाने क्रममा रणजोर खोलाले बगाएर मन्थलीकी उष्मा फुयाँल बेपत्ता भएकी छिन् ।

मन्थलीबाट मुगीटार परिक्षा केन्द्रमा परीक्षा दिन हिँडेकी कक्षा ११ की १७ वर्षिय फुयाँलको खोला तर्ने क्रममा बगेर बेपत्ता भएकी हुन् । खोला तर्ने क्रममा बाढीले १६ किशोरी बगाएकोमा ३ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा निशा शाह, जानुका बुढाथोकि र मनिषा पान्डे रहेको रामेछाप प्रहरी प्रमुख राजकुमार थापाले जानकारी दिए । उनिहरुको अहिले रामेछाप सामुदायिक अस्पताल मन्थलीमा उपचार भैरहेकोे छ । बाँकि १२ जना किशोरी भने उद्धार पछि परिक्षामा सामेल भएको र बेपत्ता किशोरी फुयाँलको खोजी कार्य जारि रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

बिहानीपख परेको ठुलो पानीले आएको बाढी समूहमा तर्न खोज्दा परीक्षार्थीहरुलाई खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । आज कक्षा ११ को अनिवार्य नेपाली परीक्षा रहेको थियो ।

बाढीको कारण मन्थली बसपार्क क्षेत्रमा डुवानका कारण प्रभावित भएको समाचार छ । तामाकोशीको पानी बजार पस्दा बस्ती प्रभावित भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ