arrow

काँग्रेस सुधार अभियानको सन्देश बोकेर वरिष्ठ नेता पौडेल कर्णाली प्रदेशमा 

पार्टीलाई एक बनाउनु पर्छ भन्नेमा आफू मात्र रहेको पौडेलको दावी

logo
प्रकाशित २०७५ वैशाख ३१ सोमबार
Ramchandra_Paudel1.jpg.jpeg

सुर्खेत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफुले कर्णाली प्रदेशबाट कांग्रेस सुधारको अभियान थालेको बताएका छन् ।

नेपाल तरुण दलको कर्णाली प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै वरिष्ठ नेता पौडेलले अब हामी सुधारिएर आयौ भनेर जनतामा नगई जनताले हामीलाई नपत्याउने बताए। पार्टी सुधारको आवश्यकतालाई महशुश गरि आफुले अभियान थालेको पौडेलले बताए । उनले भने–‘म कांग्रेस सुधारको अभियानमा लागेको छु । कांग्रेस सुधारको अभियान कर्णाली प्रदेशबाट सुरु भयो । कर्णालीका सवै जिल्लामा कार्यकर्ता र जनताका बीचमा पुग्दैछु ।’

वरिष्ठ नेता पौडेल तरुण दलको कार्यक्रम सुर्खेतमा उदघाटन गरि दैलेख पुग्ने उनको सचिवालयले जनाएको छ। दैलेखमा कार्यकर्ता भेटघाट गरि पौडेलले जेठ १ गते कालिकोटमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय गरेका छन् । त्यसैगरि जेठ २ गते जुम्ला, जेठ ३ गते मुगु पुगेर जेठ ४ गते मुगुमा कार्यकर्ता भेटघाट गरि काठमाडौं फर्कने उनले कार्यक्रम बनाएका छन् ।

बरिष्ठ नेता पौडेलले सवैले पार्टी मिल्नु पर्‍यो भन्ने गरेपनि भाषणमा मात्र भनेको बताए। उनलाई पार्टीलाई एक बनाएर लैजानुपर्छ भन्ने आफु मात्र भएको दाबि गरे । पौडेलले भने–‘हिजो किसुनजीलाई चुनाव हराउने लाग्ने र आज पार्टीलाई एकलौटी चलाउने भन्ने विषयको समिक्षा हुन जरुरी छ । अब एक एक गल्ती केलाएर त्यही गल्तीका कारण कांग्रेसको यो अवस्था भएको भनेर सवैले आत्मा समिक्षा गरौ भनेको हो । सवैको अस्तित्व स्वीकार गर्दै मुल्याङकनका आधारमा पार्टी चलाउन जरुरी छ । यसो भएमा मात्र पार्टी एक भएर अगाडि बढ्छ ।’ 

नेता पौडेलले लोकतन्त्र र समाजवाद भनेको सामाजिक समानता भएको भन्दै समाजवाद र लोकतन्त्र अनुरुपको व्यवहार अब कांग्रेस सुधारका लागि आवश्यक रहेको बताए । उनले भने–‘वीपी कोइराला आर्दश  र व्यवहारको खानी हुनुहुन्थ्यो । हामीले वीपीको आर्दशलाई अंगिकार गरौ तर व्यवहार बोक्न सकेनौ त्यसैले आज कांग्रेसको अवस्था यो भयो ।’

तरुण दल परिवर्तनको सम्बाहक भएको भन्दै पौडेलले तरुण दलले आफ्नो छविलाई कायम गरेर गाँउ गाँउमा पुग्न निर्देशन दिए । पौडेलले देश विभाजन हुनबाट कांग्रेसले बचाएको कांग्रेसको सिद्धान्तको जीत भएको तर पार्टी हारेको विषयको मुल्याङकन गरे आगािड जाने सके मात्र कांग्रेसलाई जनताले पत्याउने बताए ।  उनले भने–‘कम्युनिष्ट मिलेर चुनाव हारियो भन्नु हास्यास्पद हो । अहिले हाम्रा कारण बाट कांग्रेस हारेको हो त्यसको समिक्षा हुनुपर्छ । अनि जसले जति जिम्मेवारी लिनु्पर्ने हो लिनु जरुरी छ ।  

सरकारमा हुँदा राम्रो निर्णय र काम नभएका कारण नै हामी पछाडि परेको हो । अब कांग्रेसलाई कांग्रेस बनाउन जरुरी छ। निरकुंश र स्वेच्छाचारिता पार्टीमा हुनु  भएन । त्यागको पूजा हुन्छ भोगको पूजा हुदैन भनेर मैले सभापतिलाई भनेको तर मान्नु भएन ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ