सार्वभौमसत्ताको रक्षा नेपाली कांग्रेसले मात्रै गर्नसक्छ : नेता सिटौला
प्रकाशित २०७५ जेठ ५ शनिबार
508
Shares
बनेपा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय अस्तित्वको रक्षा, राष्ट्र, सार्वभौमसत्ताको रक्षा नेपाली कांग्रेसले मात्रै गर्न सक्ने बताएका छन् । शनिवार काभ्रेपलाञ्चोकको बनेपामा नेपाल शिक्षक संघ काभ्रेले संघको २९ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले सरकारको शुरुवाती दिनबाट नै शिक्षक, प्रशासनलगायतलाई तर्साउने काम गरेकाले त्यसले राम्रो नगर्ने उनको भनाइ छ ।
नेपाली कांग्रेस वैचारिक, नीतिगत, रणनीतिगत, छलफल र एकताको आधार तयार गरेर राष्ट्रसामु प्रस्तुत हुन सक्नुपर्ने नेता सिटौलाले बताए ।
नेता सिटौलाले चुनाव जित्नु र हार्नु, सरकार बन्ने र नबन्ने ठूलो कुरा नभएको र मूल्य र मान्यताको रक्षा गर्न सक्नुपर्ने बताए । उनले एमाले र माओवादीलाई लोकतान्त्रिक बाटोमा हिँडाउने काम नेपाली कांग्रेसले गरेको दाबी गरे।