arrow

बाम एकता २ वर्ष पनि टिक्दैनः नेता भण्डारी

logo
प्रकाशित २०७५ जेठ ५ शनिबार
minister-shankar-bhandari.jpeg

हेटौंडा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व बनमन्त्री शंकर भण्डारीले कम्युनिष्टहरुको बाम एकता २ वर्षपनि नटिक्ने बताएका छन् । नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान हेटौंडा ईकाई आयोजनामा भएको नेविसंघको वार्षिक मुखपत्र सुनगाभा विमोचन कार्यक्रममा शनिबार बोल्दै प्रमुख अतिथि भण्डारीले नेपालका कम्युनिष्टहरुको विगतमा पटकपटक नारी छामिसकेकोले यो एकता २ वर्षपनि नटिक्ने दावी गरे।

कम्युनिष्टहरुको सिद्धान्त नै उग्रता, उदण्डता र अराजकता भएकाले कहिल्यै विश्वास गर्न नसकिने बताउँदै केन्द्रीय सदस्य भण्डारीले भने –यिनीहरु भनेका खहरे खोला जस्तै हुन् बर्खामा एकदिन आएर विनाश मात्रै गर्छन्, अरुबेला कमिलो हिड्छ ।

कांग्रेसको केही कमिकमजोरी रहेको स्वीकार्दै यो तीन चरणको निर्वाचनबाट पाठ सिकिसकेकोले अव पार्टी एकढिक्का भएर लाग्नेमा ढुक्क हुन आग्रह गर्दै कांग्रेस कम्युनिष्ट जस्तो धनी, गरिब, धर्म/जातको भेदभाव नगर्ने पार्टी भएकोले विद्यार्थीहरुलाई पनि अनुशरण गर्न आग्रह गरे।

त्यसैगरी नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कांग्रेस ईतिहास भएको पार्टी भएकाले ईतिहासको कुरा गर्दा कसैलाई टाउको दुख्न नहुने बताए । कम्युनिष्टहरु बारम्बार कांग्रेस ईतिहासको मात्रै कुरा गर्छ ? भन्दै हिडेको सुनेकाले कांग्रेसले ईतिहासमा पनि धेरै काम गर्‍यो, बर्तमान र भविष्यमा पनि धेरै लोकप्रिय र जनतामुखी काम गरिरहेको र गर्ने बताउँदै हिजो बन्दुकमा विश्वास गर्नेलाई ब्यालेटमा ल्याउने, संविधान जारी गर्ने र मधेशलाई मिलाउँदै आफू हारेर पनि लोकतन्त्रलाई बचाउन तीनै चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने काम कांग्रेस नेतृत्वले गरेका कारण कांग्रेसले ईतिहास, वर्तमान र भविष्य सबैको कुरा गर्ने बताए ।

ईकाई सभापति पंकजकुमार ठाकुरको सभाध्यक्षतामा भएको बार्षिक मुखपत्र सुनगाभा बिमोचन कार्यक्रममा अतिथिहरु नेविसंघ उपाध्यक्षद्वय रामप्रसाद अधिकारी र पवनकुमार यादव, कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रवक्ता प्रदिप कोईराला, नगर सभापति आनन्दराम पराजुली, तरुण दल अध्यक्ष ईश्वर पाठक, क्याम्पस प्रमूख कृष्णप्रसाद दाहाललगायतले रहेका थिए ।

कार्यक्रममा स्मारिका विमोचनसंगै विशिष्ठ अतिथि बानियाँलाई सम्मानपत्र, नयाँ विद्यार्थीलाई स्वागत, पूर्व विद्यार्थीहरुलाई सम्मान र सुनगाभा प्रकाशनमा सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिलाई मायाको चिनो वितरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ