आफ्नै नेता कार्यकर्तालाई प्रशिक्षण दिन कांग्रेसको ७५ दिने गाउँ बसाई कार्यक्रम
घनश्याम पौडेल,
प्रकाशित २०७५ जेठ ५ शनिबार
420
Shares
अर्घाखाँची। नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीले प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीले जिल्लाभरका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला समिती, क्षेत्रिय समिति, नगर समिति, गाउँ पालिका समिती, गाउँ नगर वार्ड समिति, सबै तहमा निर्वा्चित जनप्रतिनिधि, पार्टीको तर्फबाट उठेका सबै तहका उम्मेदवारहरु, पुर्ब पाटी पदाधिकारी तथा सदस्यहरु, भातृ संस्था, शुभेक्छुक संस्था र अगुवा कार्यकर्ताहरु लाई पहिलो चरणमा प्रशिक्षण गर्ने जिल्ला. सभापती विष्णु मुस्कानले जानकारी दिए ।
उनले २०७५ जेठ ९ गते जिल्ला समन्वय समितीको सभाहलमा विहान १० बजेदेखी ५ बजेसम्म प्रशिक्षण गर्ने गरी कार्यक्रम अगाडी बताएको जानकारी दिए । त्यस्तै कांग्रेसले दोस्रो चरणमा जिल्लाका सवै वडाहरुमा ७५ दिने अभियान लिएर प्रशिक्षण कार्यक्रम मार्फत कांग्रेस गाउँ नगर जाने मुस्कानले जानकारी दिए ।
त्यस्तै शनिबार कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले विपि स्मृति भवन सन्धिखर्कमा प्रशिक्षण गरेको छ ।