arrow

विद्युत प्राधिकरणको लापरवाही, दुई युवतीको मृत्यु

logo
प्रकाशित २०७५ जेठ ६ आइतबार
electricity-cut.gif

बागलुङ । काठेखोला गाउँपालिका–६ बिहुँकोटका दुई युवतीको करेन्ट लागेर शनिबार ज्यान गएको छ । जंगलबाट स्याउला लिएर घर फर्कने क्रममा करेन्ट लागी २५ वर्षीया गुमा कँडेल र २० वर्षीया निशा कँडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिए । हाइटेन्सन लाइनको पोलबाट विद्युत् प्रवाह भई करेन्ट लागेको जनाइएको छ । 

बिहानै जंगल गएका युवती अबेरसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा दुवै मृतावस्थामा फेला परेका थिए । 

जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले घटनाको मुचुल्का उठाए पनि स्थानीयवासीले मृतकको शव उठाउन दिएका छैनन् । 

विद्युत् प्राधिकरणको चरम लापरवाहीका कारण घटना भएको उनीहरुको आरोप छ । मृतकका आफन्तले घटनाको जिम्मेवारी लिई प्राधिकरणले उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ