arrow

नेकपामा सल्कियो भुसको आगो, केपी र माधव नेपाल विरुद्ध भिम रावल मोर्चा खोल्दै

नेकपा एमाले व्यूँताउने कसरतमा रावल

logo
प्रकाशित २०७५ जेठ ६ आइतबार
Bhim-rawal.gif.gif

काठमाडौं। नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नवगठित नेपाल कम्युनिष्ट पार्टीमा नेतृत्वको व्यवस्थापन सहि ढंगमा हुन नसक्दा पार्टी नेताहरुबीचको असमझदारी सतहमा देखिने अवस्थामा पुगेको छ। पार्टी नेता कार्यकर्ताहरुले महसुस गरेको अपमान र पीडा भुसको आगो झै सल्किएको छ। सामान्य हावाको झोकाले नै सो आगोलाई सतहमा देखिने अवस्थामा पुर्‍याएको छ। 

पार्टी एकिकरण गरे लगत्तै दुई पार्टीका अध्यक्षहरुले अब सर्वशक्तिशाली पार्टी बनेको घोषणा गरेका थिए। केपी ओलीले नवगठित दल नेकपा अब दुई पाइलटले चलाउने जेट विमान जस्तो भएको बताएका थिए। तर आफू जेटमा सवार हुँदै गर्दा उनले आफ्ना पार्टीका नेता कार्यकर्ताहरुलाई कसरी अपमानजनक ढंगमा आँसु पिउन वाध्य पारेका रैछन भन्ने कुरा विस्तारै सतहमा आउन थालेको छ। पुराना दिनमा आफूलाई सहयोग गर्ने पार्टी नेता कार्यकर्ताहरुलाई पाखा लगाएका ओलीले धेरै सम्भावना भएका नेताहरुलाई साइजमा राख्न समेत चलखेल गरे। यो चलखेल बुझेका नेताहरु अहिले छलफलमा जुटेका छन्। 

यहि छलफलमा रहेका एक नेता तथा नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावल बिद्रोहको मुडमा देखिएका छन्। उनले अध्यक्ष केपी ओली र अर्का नेता माधव कुमार नेपाल विरुद्ध मोर्चावन्दी नै गर्ने तहसम्मको योजना बनाएका छन्। नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा पछि प्रदेश नम्वर सातका प्रभावशाली नेता समेत रहेका रावल अध्यक्ष केपी ओलीले पेलिरहँदा टुलुटुलु हेर्नेकी प्रतिरोध गर्ने भन्नेमा कार्यकर्ताहरुसँग छलफलमा जुटेका छन्। आफ्नो आगामी कदमको बारेमा रावलले ओली र नेपाललाई पनि जानकारी  गराएको रावल निकट स्रोतले बताएको छ। सम्भवत केही दिनमै रावल पत्रकार सम्मेलन गरेर नयाँ मोर्चाको घोषणा गर्दै छन्। 

माधव नेपालसँग नजिक रहेका भनिएका रावल केपी ओलीसँग पनि उत्तिकै निकट सम्वन्धमा थिए। प्रष्ट वक्ता तथा हक्की स्वभावका क्षत्री खान्दानका रावल अछामबाट राजनीति गर्दै आएका हुन्। सार्वजनिक जीवनमा उखान टुक्का भनेर हसाउने स्वभावका भएपनि आफूसँग असहमतहरुलाई पेल्ने मामिलामा रुखो रुपमा प्रस्तुत हुने झापाबाट राजनीति शुरु गरेका ओलीसँग रावल परिचित नै थिए। ओलीले पेल्दा माधव नेपालसँग मिलेर महाधिवेशनमा मैदानमा आएका थिए रावल। तर पार्टी एकताको प्रसङग चलेसँगै नेपालले ओलीसँग निकटता राखेका थिए। यो क्रममा रावल लगायतका सहकर्मीहरुलाई नेपालले पनि छेउमा पुर्‍याए। वास्ता समेत गरेनन। छलफलमा सहभागि गराउने आवश्यकता समेत नठानिएपछि रावल रुष्ट रहँदै आएका थिए।

माधव नेपालको ओलीसँग बढ्दो निकटता नेकपाको हुनेवाला अध्यक्षको लागि भएको नेपालको पुरानो गुटका नेताहरुले थाहा नपाउने कुरै भएन। यसबीचमा नेपालले नेताहरु योगेश भट्टराई र सुरेन्द्र पाण्डेहरुलाई पनि धेरै अवसर जुटाउने काम गर्न सकेनन्। आफ्नै गुटमा भएपनि भोलि अप्ठ्यारोमा पार्न सक्ने भएपछि महासचिव ईश्वर पोखरेललाई ओलीले साइजमा ल्याए। आफू निकट विष्णु पौडेललाई नयाँ पार्टीको महासचिव बनाए। घनश्याम भुसाललाई यहाँ पनि परै राखियो। 

पार्टी भित्रको हिजोका गुटकाहरुलाई छोडेर नेपाल ओली समुहमा समाहित हुनु अर्कातिर  पुरानो समुहका पेलिदै जाने अवस्था सिर्जना भएपछि रावल लगायतका नेताहरु अहिले छलफलमा जुटेका छन्। उनीहरुले पार्टी एकिकरण घोषणामा सहभागिता जनाएपनि नयाँ मोर्चावन्दीका लागि गृहकार्य शुरु गरिसकेका छन्। यस क्रममा रावल लगायतका नेताहरु तत्कालिन नेकपा एमालेलाई नै पुनर्जागरण गर्ने अभियानको तयारीमा छन्। सम्भवत केहि दिनमा यसको घोषणा पत्रकार सम्मेलन मार्फत नै हुनसक्ने रावल निकट स्रोतले जनाएको छ। 

के सोच्दैछन् ओली जो आपद्मा पर्दा सघाउनेहरुलाई समेत बिर्सदै गए ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ