arrow

कट्टेल नेतृत्वको नेकपाले निकाल्यो विज्ञप्ति, भ्रममा पार्न पाइदैन

logo
प्रकाशित २०७५ जेठ ६ आइतबार
nepal-communist-party2.jpg

काठमाडौं । ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी दर्ता बारे प्रकाशित समाचार प्रति आपत्ति जनाएको छ । आइतबार नेकपाका अध्यक्ष  कट्टेलले विज्ञप्ति प्रकाशित गरि  एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी  गठन भएको पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको भन्ने समाचारले ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएका हुन् । कट्टेलले संचारमाध्यमलाई सत्य तथ्य समाचार सम्प्रेषण गर्न आग्रह गर्दै जनतालाई भ्रममा पार्न नपाइने उल्लेख गरेका छन् ।  

उनले आफ्नो दल नेपाल कम्युनिष्ट पार्टी संविधान सभाको दोस्रो निर्वाचन देखि  निर्वाचन आयोगमा विधिवत दर्ता भएको जानकारी पनि विज्ञप्ति मार्फत दिएका छन् । विज्ञप्तिमा  ' संविधानको धारा २७१ र  राजनीतिक दल सम्वन्धि ऐन २०७३ को दफा ४८ अनुसार नेपाल कम्युनिष्ट पार्टी दर्ता गरी निर्वाचन चिन्ह घनकोदालो प्रदान गरेको' उल्लेख छ ।

राजतीतिक दल सम्बन्धि ऐनलाई छल्न पार्टीको नाम मुनी धर्सोतानेर निवेदन दर्ता गराएको कुरा वाहिर आएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ 'सत्य तथ्य के हो निर्वाचन आयोगले छिटै सार्वजनिक जानकारी गराउने नै छ ।'

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ